default_image

4 years ago

September 2, 2021

नेपालको वरीयता खस्कियो

142 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टि२० आई वरीयतामा नेपाल एक स्थान खस्किएको छ । बुधबार आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान खस्किदै १३ औं स्थानमा पुगेको छ । आयरल्यान्ड १२ औं स्थानमा उक्लिएको छ ।

नेपालको १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र १ सय ८७ रेटिङ अंक छ । आयरल्यान्डको २३ खेलमा ४ हजार ३ सय ९ अंक र १ सय ८७ रेटिङ प्वाइन्ट छ । नेपाल एसोसियटतर्फबाट टि२० वरीयतामा अग्रस्थानमा छ । इंग्ल्यान्ड शीष, भारत दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छ । न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं र वेस्टइन्डिज दशौं स्थानमा छन् । जिम्बावे ११ औं स्थानमा छ । टि२० आई वरीयतामा नेपालभन्दापछि स्कटल्यान्ड १४ औं, यूएई १५ औं, पपुवा न्युगिनी १६ औं, नेदरल्यान्ड १७ औं र ओमान १८ औं स्थानमा छन् । सर्बिया ८२ औं स्थानमा रहँदै पुछारमा छ ।

नेपाल ओडिआई वरीयतामा भने १६ औं स्थानमा यथावत छ । नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्दै उपाधि जितेको थियो । नेपालको टि२० आईमा उत्कृष्ट वरियता ११ औं स्थान छ । नेपाल २०१९ मा केहि समय टि२० आई वरीयतामा ११ औं स्थानमा रहेको थियो ।

नेपाली टोली ओमानमा छ । नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म खेल्ने छ । त्यसअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल सेप्टेम्बर ५ र ८ मा खेल्ने कार्यक्रम छ । पिएनजीसँगको खेल एक वा दुई दिन पछि सर्ने सम्भावना छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.