default_image

4 years ago

September 2, 2021

थरंगाले भैरहवाबाट इपिएल खेल्ने

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकाका पूर्व कप्तान उपुल थरंगाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) भैरहवा ग्ल्याडियटर्सबाटबाट खेल्ने भएका छन् ।

३६ वर्षिय थरंगा गत वर्ष ललितपुर प्याट्रियट्र्सबाट इपिएल खेल्ने जनाएको थियो । तर इपिएल कोरोना कारण समयमै हुन सकेन । यस सिजनमा उनलाई भैरहवाले टोलीमा भित्र्याएको छ । थरंगाले श्रीलंका क्रिकेट बोर्डसँग खेलाडीसँग बिग्रिदो सम्बन्धको कारण गत फेब्रअरीमा सन्न्यास लिएका थिए । बायाँ हाते विकेटकिपर थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडिआई र २६ टि२० आई खेल खेलेका छन् ।

ओडिआईमा उनले १५ शतक र ३७ अर्धशतक सहित ६ हजार ९ सय ५१ रन जोडेका छन् । उत्कृष्ट प्रदर्शन २०१३ मा भारतविरुद्ध १ सय ७४ रन अविजित छ । टि२० क्रिकेटमा दुई शतक र १९ अर्धशतक सहित ३ हजार ३ सय ८४ रन बनाएका छन् ।

भैरहवाले यसअघि घोषणा गरेको श्रीलंका पूर्व कप्तान तथा विकेटकिपर दीनेश चान्डिमल इपिएल खेल्न नआउने निश्चित भएको छ । चान्डिमल श्रीलंका टोलीबाट अन्तर्राष्ट्रिय खेलमा व्यस्त भएपछि नआउने भएका हुन् । भैरहवाको प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दसानायेके रहने छन् ।

शरद भेषावकर कप्तान रहेको भैरहवामा आरिफ शेख, रोहित कुमार पौडेल, अभिनाश बोहरा, कुशल मल्ल, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु स्वदेशी खेलाडीको रुपमा छन् ।

इपिएल असोज ९ देखि २३ (सेप्टेम्बर २५ देखि अक्टोबर) ९ सम्म हुने छ । इपिएलको विजेताले ५० लाख र उप विजेताले १५ लाख पाउने छन् । आइपिएल र टि२० विश्वकप पनि उक्त समयमा हुँदा फ्रेन्चाइज टोलीलाई विदेशी खेलाडी भित्र्याउन केहि कठिनाइ भएको बुझिएको छ । चितवन टाइगर्सले आफ्नो पाँचै विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनमा अफगानिस्तानका मोहम्मद शाहजाद, करिम जन्नत, मलेसिया विरनदीप सिंह, पाकिस्तानका दानिस अजिज र श्रीलंका शेक्कुगे प्रसन्ना छन् ।

काठमाडौंले पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदी, ललितपुरले भुटानका मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लेकको नाम सार्वजनिक गरि सकेको छ । त्यस्तै विराटनगर वारियर्सले जिम्बावेका अलराउन्डर सिकन्दर राजा नाम सार्वजनिक गर्दा पोखोरा राइनोजले कुनै पनि विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन । पछिल्ला दुई सिजनमा लगातार उपविजेता समिति भैरहवा यो पटक च्याम्पियन बन्ने सोचमा छ ।

यसअघि अर्का खेलाडीले पनि खेल्ने भनिएकोमा संस्थाले अन्तिम समयमा नाम फिर्ता लिएको जनाएको छ । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । – सम्पादक

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.