default_image

4 years ago

September 2, 2021

भारतको कमजोर ब्याटिङ

202 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डसँग चौथो टेस्टको पहिलो इनिङमा भारतले पहिलो दिन कमजोर प्रदर्शन गरेको छ । पहिलो दिनको समाप्तिमा इंग्ल्यान्डले पहिलो इनिङमा १७ ओभरमा ५३–३ को अवस्थामा छ । समग्रमा इंग्ल्यान्ड १ सय ३८ रनले पछि छ । डेविड मलान ४६ बलमा ४ चौका सहित २६ रनमा अविजित छन् । उनलाई क्रेग ओभरटनले एक रनमा साथ दिने छन् ।

कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई मलान र कप्तान जो रुटले तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर रुटलाई दिनको अन्तिम समयतिर उमेश यादवले २१ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण सफलता दिलाए । रुटले २५ बलमा ४ चौका प्रहार गरे ।

भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले चौथो ओभरमा दुबै ओपनरलाई आउट गराउँदै राम्रो सुरुवात दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा ओपनर रोरी बन्र्सलाई पाँच रनमा बोल्ड आउट गरेका थिए । अन्तिम बलमा हसिब हमिदलाई शून्यमा पन्तबाट क्याच आउट गराउँदा इंग्ल्यान्ड ६-२ को कमजोर अवस्थामा पुगेको थियो ।

त्यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ६१.३ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । भारतका लागि शार्दूल ठाकुरले टेस्टमा पूनरागमन गर्दै सर्वाधिक ५७ रनको योगदान दिए । तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै शार्दूले ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । एक समय १२७–७ को अवस्थामा पुगेको भारतलाई शार्दूलले आक्रमक ब्याटिङ गर्दै केहि इनिङ उकासेका थिए ।

शार्दूल ६१ औं ओभरको अन्तिम बलमा क्रिस वोक्सको एलबीडब्लू आउटको धरापमा परे । कप्तान विराट कोहलीले ९६ बलमा ८ चौका सहित ५० रनको योगदान दिए । इंग्ल्यान्डको टेस्ट टोलीमा चोटपछि पूनरागमन गर्दै तीव्र गतिका बलर क्रिस वोक्सले नवौं ओभरको अन्तिम बलमा ओपनर रोहित शर्मालाई विकेटकिपर जोनी बेयरस्टोबाट ११ रनमा क्याच आउट गराएका थिए ।

ओली रोबिन्सनले लोकेश राहुललाई १४ रनमा एलबीडब्लू आउट गरेका थिए । खराब लयबाट गुज्रिएका चेतेश्वर पुजारा जेम्श एन्डरसनको बलमा चार रनमा बेयरस्टोबाट क्याच आउट भए । रविन्द्र जडेजा ३४ बलमा २ चौका सहित सहित वोक्सको बलमा रुटबाट १० रनमा क्याच आउट भए । अजिक्या रहाणे चौथो टेस्टमा पनि चल्न सकेनन् । रहाणेलाई क्रेग ओभरटनले माईन अलीबाट १४ रनमा क्याच आउट गराए ।

वोक्सले विकेटकिपर ऋषभ पन्तलाई ९ रनमा अलीबाट क्याच गराउँदा भारत ५३ ओभरमा १२७–७ को कमजोर अवस्थामा पुगेको थियो ।
त्यसपछि शार्दूले इनिङ उकासेका थिए । शार्दूल आउट भएपछि भारतले एक रन मात्र जोड्न सक्यो । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिए । ओली रोबिन्सन तीन, जेम्श एन्डरसन र क्रेग ओभरटनले एक एक विकेट लिए ।

पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारत १ सय ५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो । पाँच टेस्ट सिरिज १–१ को बराबरी अवस्थामा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.