4 years ago
September 3, 2021
एजेन्सी – युवा ओपनर अविष्का फर्नान्डोको शतकको सहयोगमा श्रीलंकाले पहिलो ओडिआई खेलमा दक्षिण अफ्रिकालाई १४ रनले पराजित गरेको छ । योसँगै तीन ओडिआई सिरिजमा घरेलु टोली श्रीलंकाले १–० को अग्रता लिएको छ ।

जितका लागि ३ सय १ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनाउन सक्यो । दक्षिण अफ्रिका युवा ओपनर एडेन माक्ररमले ९० बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ९६ रनको योगदान दिएपनि राम्रो अन्त्य हुन नसक्दा टोली पराजित हुन पर्यो । स्पिनर प्रवीन जयविक्रमाले वानिन्दु हसरंगाबाट क्याच आउट गराएपछि उनी शतक बनाउन चार रनले चुकेका थिए ।
त्यस्तै अनुभवी ब्याट्सम्यान रास्सी भान डर डुसेन ५९ बलमा ६ चौका सहित ५९ रनमा बोल्ड आउट भए । पहिलो विकेटका लागि ओपनर जान्नेमान मलान र माक्ररमले ९.४ ओभरमा ४९ रनको साझेदारी गरेका थिए । हसरंगाले मलानलाई २३ रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाए । उनले ३१ बलमा ३ चौका प्रहार गरे ।
दोस्रो विकेटका लागि माक्ररम र कप्तान टेम्बा बभुमाले १ सय १७ रनको शतकीय साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए । बभुमा ५३ बलमा १ चौका सहित ३८ रनमा रिटायर्ट हर्ट भए । विकेटकिपर हेनरिक क्लासेनले ३१ बलमा २ चौका सहित ३६ रनमा आउट भए । कागिसो रबाडा ७ बलमा २ चौका सहित १३ रन जोडे ।

श्रीलंका अकिला धनन्जयले सर्वाधिक दुई विकेट लिए । चामिका करुणारत्ने, वानिन्दु हसरंगा, प्रवीन जयविक्रमाले एक एक विकेट लिए ।
त्यसअघि कोलोम्बोमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय रन बनाएको थियो । श्रीलंका ओपनर अविष्का फ्रनान्डोले १ सय १५ बलमा १० चौका र २ छक्का सहित सर्वाधिक १ सय १८ रनको शतकीय इनिङ खेले । यो उनको ओडिआई करीअरको तेस्रो शतक हो ।
मध्यक्रमका चारिथ असालंकाले ६२ बलमा ६ चौका र १ छक्का सहित ७२ रनको योगदान दिए । चौथो विकेटका लागि असालंका र अविष्काले ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ओपनर मिनोद भानुका ३९ बलमा ३ चौका सहित २७ रनमा माक्ररमको बलमा बोल्ड आउट भए । धनन्जय डि सिल्भाले ६२ बलमा ५ चौका सहित ४४ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडाले ९ ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । केशव महाराजले २, माक्ररम र तबरेज शाम्सीले एक एक विकेट लिए । दोस्रो खेल शनिबार हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]