default_image

4 years ago

September 3, 2021

न्युजिल्यान्डमाथि बंगलादेशको लगातार दोस्रो जित

146 views

0 Bookmark

एजेन्सी – बंगलादेशले न्युजिल्यान्डसँगको दोस्रो टि२० आई खेलमा चार रनको जित हात पारेको छ । योसँगै पाँच टि२० आई सिरिजमा बंगलादेशले २–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । जितको लागि अन्तिम ६ बलमा न्युजिल्यान्डलाई २० रन चाहिँएको थियो । तर मुस्ताफिजुर रहमानले १५ रन खर्चिदै टोलीको जित पक्का गराए । न्युजिल्यान्डका कप्तान टम लामथ ४९ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ६५ रनमा अविजित रहे ।

विल योंग २२, रचिन रविन्द्र १० र कोले म्याकोन्चीले १५ रन बनाए । बंगलादेशका सकिब अल हसन र माहेदी हसनले २–२ विकेट लिए । मुस्ताफिजुर रहमानको नाममा एक विकेट रह्यो ।

त्यसअघि शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । ओपनर मोहम्मद नईमले ३९ बलमा ३ चौका सहित सर्वाधिक ३९ रनको योगदान दिए । लिटन दास २९ बलमा ३ चौका र १ छक्का सहित ३३ रन बनाउँदै क्याच आउट भए ।

कप्तान महमुदूल्लाह रियाद ३२ बलमा ५ चौका सहित ३७ रनमा अविजित रहे । न्युजिल्यान्डका स्पिनर रचिन रविन्द्रले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । अजाज पटेल, हसिम बेनेट र कोले म्याकोन्चीले एक एक विकेट लिए । पहिलो खेलमा बंगलादेश ७ विकेटले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.