default_image

4 years ago

September 3, 2021

प्रजापतिको उत्कृष्ट शतकका बाबजुद ओमान पराजित

216 views

0 Bookmark

एजेन्सी – ओपनर काश्यप प्रजापतिको उत्कृष्ट शतकका बाबजुद ओमान मुम्बईसँग चौथो तथा अन्तिम एकदिवसिय अभ्यास खेलमा चार विकेटले पराजित भएको छ । योसँगै चार एकदिवसिय अभ्यास खेलको सिरिज मुम्बईले ३–१ ले जितेको छ ।

जितको लागि २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले ४९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका साईराज पाटिल ५५ बलमा ५ चौका सहित ५२ रनमा अविजित रहे । ओपनर आर्कषित गोमेल ९० बलमा १ चौका र २ छक्का सहित ६० रन बनाउँदै रन आउट भए ।

हार्दिक तमोरे ५६ बलमा ६ चौका र २ छक्का सहित ५८ रनमा मोहम्मद नदीमको बलमा बोल्ड आउट भए । कप्तान शाम्स मुलानी ५१ बलमा १ चौका र २ छक्का सहित ४१ रनमा क्याच आउट भए । ओमानका बिलाल शाहले सर्वाधिक तीन विकेट लिए । कप्तान खवर अली र नेस्टर धम्बाले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४८ रन बनाएको थियो । ओमानका ओपनर काश्यप प्रजापतिले १ सय ३८ बलमा ५ चौका र ९ छक्का सहित १ सय ४६ रनको उत्कृष्ट शतकीय इनिङ खेले। ओमानका अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

राफिउल्लाह ४ बलमा ३ छक्का सहित १९ रनमा अविजित रहे । धम्बा ३२ रनमा आउट भए । मुम्बईका शशांक अटार्डेले सर्वाधिक तीन विकेट लिए । दीपक सिठ्ठी दुई, अमन खान र साइराज पाटिलले एक एक विकेट लिए ।

मुम्बईले तीन टि२० सिरिज २–१ ले गुमाएको थियो । ओमानले टि२० विश्वकप र आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिका तथा स्कटल्यान्ड र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक ओडिआई सिरिजको लागि तयारी स्वरुप मुम्बईसँग सिरिज खेलेको हो । नेपाल र ओमानबीचको पहिलो खेल भदौ २९ (सेप्टेम्बर) १४ मा हुने छ । नेपालले पपुवा न्युगिनीसँग दुई ओडिआई खेल भदौ २२ र २५ मा खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.