default_image

3 years ago

September 3, 2021

ओली र वोक्सको अर्धशतकमा इंग्ल्यान्डको अग्रता

एजेन्सी – युवा ब्याट्सम्यान ओली पोप र तीव्र गतिका बलर क्रिस वोक्सको अर्धशतकको सहयोगमा इंग्ल्यान्डले भारतविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ । पहिलो इनिङमा इंग्ल्यान्ड दोस्रो दिन तेस्रो सेसनमा ८४ ओभरमा २ सय ९० रनमा अल आउट भएको छ । समग्रमा इंग्ल्यान्डले पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ । इंग्ल्यान्डका […]

23 views

0 Bookmark

एजेन्सी – युवा ब्याट्सम्यान ओली पोप र तीव्र गतिका बलर क्रिस वोक्सको अर्धशतकको सहयोगमा इंग्ल्यान्डले भारतविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ ।

पहिलो इनिङमा इंग्ल्यान्ड दोस्रो दिन तेस्रो सेसनमा ८४ ओभरमा २ सय ९० रनमा अल आउट भएको छ । समग्रमा इंग्ल्यान्डले पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ । इंग्ल्यान्डका ओली पोपले १ सय ५९ बलमा ६ चौका सहित सर्वाधिक ८१ रनको योगदान दिए । एक समय ६२–५ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि पोप र जोनी बेयरस्टोले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

बेयरस्टोलाई मोहम्मद शिराजले ३७ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । बेयरस्टोले ७७ बलमा ७ चौका प्रहार गरे ।
सातौं विकेटका लागि ओली पोपले मोईन अलीसँग ७१ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले अग्रता लिएको थियो । मोईन अली ७१ बलमा ७ चौका सहित ३५ रनमा क्याच आउट भए । अलीलाई रविन्द्र जडेजाले रोहित शर्माबाट क्याच आउट गराएका थिए ।

अन्तिम विकेटका रुपमा रन आउट हुनुअघि क्रिस वोक्सले ६० बलमा ११ चौका सहित महत्वपूर्ण ५० रन जोडे । दोस्रो दिन पहिलो एक घण्टा भारतको पक्षमा गएको थियो । सुरुवातमै के्रग ओभरटन एक रनमा विराट कोहलीबाट क्याच आउट भएका थिए । त्यसपछि डेविड मलानलाई उमेश यादवले रोहित शर्माबाट ३१ क्याच आउट गराउँदै घरेलु टोली इंग्ल्यान्डलाई दबाबमा राखेका थिए । मलानले ६७ बलमा ५ चौका प्रहार गरे । त्यसपछि इंग्ल्यान्डले राम्रो पूनरागमन गरेको थियो ।


पहिलो दिन कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई मलान र कप्तान जो रुटले तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर रुटलाई दिनको अन्तिम समयतिर उमेश यादवले २१ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण सफलता दिलाए । रुटले २५ बलमा ४ चौका प्रहार गरे ।

भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले चौथो ओभरमा दुबै ओपनरलाई आउट गराउँदै राम्रो सुरुवात दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा ओपनर रोरी बन्र्सलाई पाँच रनमा बोल्ड आउट गरेका थिए । अन्तिम बलमा हसिब हमिदलाई शून्यमा पन्तबाट क्याच आउट गराउँदा इंग्ल्यान्ड ६-२ को कमजोर अवस्थामा पुगेको थियो ।

भारतका उमेश यादवले सर्वाधिक तीन विकेट लिए । जस्प्रित बुमराह र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । मोहम्मद शिराज र शार्दूल ठाकुरको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ६१.३ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । भारतका लागि शार्दूल ठाकुरले टेस्टमा पूनरागमन गर्दै सर्वाधिक ५७ रनको योगदान दिए । तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै शार्दूले ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । एक समय १२७–७ को अवस्थामा पुगेको भारतलाई शार्दूलले आक्रमक ब्याटिङ गर्दै केहि इनिङ उकासेका थिए ।

शार्दूल ६१ औं ओभरको अन्तिम बलमा क्रिस वोक्सको एलबीडब्लू आउटको धरापमा परे । कप्तान विराट कोहलीले ९६ बलमा ८ चौका सहित ५० रनको योगदान दिए । इंग्ल्यान्डको टेस्ट टोलीमा चोटपछि पूनरागमन गर्दै तीव्र गतिका बलर क्रिस वोक्सले नवौं ओभरको अन्तिम बलमा ओपनर रोहित शर्मालाई विकेटकिपर जोनी बेयरस्टोबाट ११ रनमा क्याच आउट गराएका थिए ।

ओली रोबिन्सनले लोकेश राहुललाई १४ रनमा एलबीडब्लू आउट गरेका थिए । खराब लयबाट गुज्रिएका चेतेश्वर पुजारा जेम्श एन्डरसनको बलमा चार रनमा बेयरस्टोबाट क्याच आउट भए । रविन्द्र जडेजा ३४ बलमा २ चौका सहित सहित वोक्सको बलमा रुटबाट १० रनमा क्याच आउट भए । अजिक्या रहाणे चौथो टेस्टमा पनि चल्न सकेनन् । रहाणेलाई क्रेग ओभरटनले माईन अलीबाट १४ रनमा क्याच आउट गराए ।

वोक्सले विकेटकिपर ऋषभ पन्तलाई ९ रनमा अलीबाट क्याच गराउँदा भारत ५३ ओभरमा १२७–७ को कमजोर अवस्थामा पुगेको थियो ।
त्यसपछि शार्दूले इनिङ उकासेका थिए । शार्दूल आउट भएपछि भारतले एक रन मात्र जोड्न सक्यो । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिए । ओली रोबिन्सन तीन, जेम्श एन्डरसन र क्रेग ओभरटनले एक एक विकेट लिए ।

पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारत १ सय ५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो । पाँच टेस्ट सिरिज १–१ को बराबरी अवस्थामा छ ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

Success

Thank you for your time.