default_image

3 years ago

September 4, 2021

ओलीको अर्धशतकमा भारतविरुद्ध इंग्ल्यान्डको अग्रता

एजेन्सी – युवा ब्याट्सम्यान ओली पोप र तीव्र गतिका बलर क्रिस वोक्सको अर्धशतकको सहयोगमा इंग्ल्यान्डले भारतविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा १६ ओभरमा कुनै विकेट नगुमाइ ४३ रन बनाएको छ । भारत ५६ रनले पछि परेको छ । ओपनर लोकेश राहुल ४१ बलमा ४ […]

42 views

0 Bookmark

एजेन्सी – युवा ब्याट्सम्यान ओली पोप र तीव्र गतिका बलर क्रिस वोक्सको अर्धशतकको सहयोगमा इंग्ल्यान्डले भारतविरुद्ध चौथो टेस्टको पहिलो इनिङमा ९९ रनको अग्रता लिएको छ ।

दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा १६ ओभरमा कुनै विकेट नगुमाइ ४३ रन बनाएको छ । भारत ५६ रनले पछि परेको छ । ओपनर लोकेश राहुल ४१ बलमा ४ चौका सहित २२ रनमा अविजित छन् । रोहित शर्मा ५६ बलमा २ चौका सहित २० रनमा अविजित छन् ।

त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड दोस्रो दिन तेस्रो सेसनमा ८४ ओभरमा २ सय ९० रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ओली पोपले १ सय ५९ बलमा ६ चौका सहित सर्वाधिक ८१ रनको योगदान दिए । एक समय ६२–५ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि पोप र जोनी बेयरस्टोले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

बेयरस्टोलाई मोहम्मद शिराजले ३७ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । बेयरस्टोले ७७ बलमा ७ चौका प्रहार गरे ।
सातौं विकेटका लागि ओली पोपले मोईन अलीसँग ७१ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले अग्रता लिएको थियो । मोईन अली ७१ बलमा ७ चौका सहित ३५ रनमा क्याच आउट भए । अलीलाई रविन्द्र जडेजाले रोहित शर्माबाट क्याच आउट गराएका थिए ।

अन्तिम विकेटका रुपमा रन आउट हुनुअघि क्रिस वोक्सले ६० बलमा ११ चौका सहित महत्वपूर्ण ५० रन जोडे । दोस्रो दिन पहिलो एक घण्टा भारतको पक्षमा गएको थियो । सुरुवातमै क्रेग ओभरटन एक रनमा विराट कोहलीबाट क्याच आउट भएका थिए । त्यसपछि डेविड मलानलाई उमेश यादवले रोहित शर्माबाट ३१ क्याच आउट गराउँदै घरेलु टोली इंग्ल्यान्डलाई दबाबमा राखेका थिए । मलानले ६७ बलमा ५ चौका प्रहार गरे । त्यसपछि इंग्ल्यान्डले राम्रो पूनरागमन गरेको थियो ।

पहिलो दिन कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई मलान र कप्तान जो रुटले तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर रुटलाई दिनको अन्तिम समयतिर उमेश यादवले २१ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण सफलता दिलाए । रुटले २५ बलमा ४ चौका प्रहार गरे ।

भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले चौथो ओभरमा दुबै ओपनरलाई आउट गराउँदै राम्रो सुरुवात दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा ओपनर रोरी बन्र्सलाई पाँच रनमा बोल्ड आउट गरेका थिए । अन्तिम बलमा हसिब हमिदलाई शून्यमा पन्तबाट क्याच आउट गराउँदा इंग्ल्यान्ड ६-२ को कमजोर अवस्थामा पुगेको थियो ।

भारतका उमेश यादवले सर्वाधिक तीन विकेट लिए । जस्प्रित बुमराह र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । मोहम्मद शिराज र शार्दूल ठाकुरको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ६१।३ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । भारतका लागि शार्दूल ठाकुरले टेस्टमा पूनरागमन गर्दै सर्वाधिक ५७ रनको योगदान दिए । तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै शार्दूले ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । एक समय १२७–७ को अवस्थामा पुगेको भारतलाई शार्दूलले आक्रमक ब्याटिङ गर्दै केहि इनिङ उकासेका थिए ।

शार्दूल ६१ औं ओभरको अन्तिम बलमा क्रिस वोक्सको एलबीडब्लू आउटको धरापमा परे । कप्तान विराट कोहलीले ९६ बलमा ८ चौका सहित ५० रनको योगदान दिए । इंग्ल्यान्डको टेस्ट टोलीमा चोटपछि पूनरागमन गर्दै तीव्र गतिका बलर क्रिस वोक्सले नवौं ओभरको अन्तिम बलमा ओपनर रोहित शर्मालाई विकेटकिपर जोनी बेयरस्टोबाट ११ रनमा क्याच आउट गराएका थिए ।

ओली रोबिन्सनले लोकेश राहुललाई १४ रनमा एलबीडब्लू आउट गरेका थिए । खराब लयबाट गुज्रिएका चेतेश्वर पुजारा जेम्श एन्डरसनको बलमा चार रनमा बेयरस्टोबाट क्याच आउट भए । रविन्द्र जडेजा ३४ बलमा २ चौका सहित सहित वोक्सको बलमा रुटबाट १० रनमा क्याच आउट भए । अजिक्या रहाणे चौथो टेस्टमा पनि चल्न सकेनन् । रहाणेलाई क्रेग ओभरटनले माईन अलीबाट १४ रनमा क्याच आउट गराए ।

वोक्सले विकेटकिपर ऋषभ पन्तलाई ९ रनमा अलीबाट क्याच गराउँदा भारत ५३ ओभरमा १२७–७ को कमजोर अवस्थामा पुगेको थियो ।
त्यसपछि शार्दूले इनिङ उकासेका थिए । शार्दूल आउट भएपछि भारतले एक रन मात्र जोड्न सक्यो । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिए । ओली रोबिन्सन तीन, जेम्श एन्डरसन र क्रेग ओभरटनले एक एक विकेट लिए ।

पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारत १ सय ५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो । पाँच टेस्ट सिरिज १–१ को बराबरी अवस्थामा छ ।

April 19, 2024

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ । यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ । नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका […]

April 19, 2024

नेपाल युएईको सामना गर्दै

मस्कट (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कपको उपाधि रक्षा लक्ष्य सहित ओमान आएको नेपाली क्रिकेट टोलीले आज सेमिफाइनलमा चिर प्रतिद्वन्दी (संयुक्त अरब इमिरेट्स) युएईको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ। नेपाल समूह एको विजेता र युएई समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो।भएको छ । गत संस्करणको फाइनलमा भिडेका यी दुई […]

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण […]

Success

Thank you for your time.