4 years ago
September 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय उत्पादन कम्पनी खेले भारत (केआई) स्पोर्ट्सले एक वर्षको लागि प्रायोजन गरेको छ ।

सम्झौता अनुसार रुबिनालाई एक वर्ष आवश्यक पर्ने सम्पूर्ण क्रिकेट सामग्री उक्त कम्पनीले उपलब्ध गराउने छ। रुबिनाले प्रायोजन मार्फत उक्त कम्पनीको प्रचार प्रसारमा सहयोग पुर्याउने छिन् । रुबिनालाई नेपाली स्पोर्ट्स व्यवस्थापन कम्पनी लेविन स्पोर्ट्सले प्रायोजनको व्यवस्था मिलाइदिएको हो ।
रुबिनाले २०१२ देखि नेपाली महिला क्रिकेट टोलीको नेतृत्व गर्दै आएकी छिन् । नेपाली महिला क्रिकेटकी सर्वाधिक सफल खेलाडी मानिने रुबिनाले राष्ट्रिय तथा अन्तर्राष्टि दुबै प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएकी छिन् । गत पुषमा दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला टि२० प्रतियोगितामा विभागीय टोली एपिएफलाई पराजित गर्दै प्रदेश–१ लाई उपाधि जिताउन उनको योगदान महत्वपूर्ण थियो ।

चैतमा काठमाडौंमा भएको ललितपुर मेयर महिला च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । नेपाली महिला टोलीले अव नोभेम्बरमा मलेसियामा हुने टि२० एसिया कप छनोटको लागि तयारी गर्दै छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]