4 years ago
September 4, 2021
एजेन्सी – ओपनर रोहित शर्माको शतकको सहयोगमा भारतले इंग्ल्यान्डविरुद्ध चौथो टेस्ट खेलको दोस्रो इनिङमा अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा भारतले ९२ ओभरमा ३ विकेट गुमाउँदै २ सय ७० रन बनाएको छ । पहिलो इनिङमा ९९ रनले पछि परेको भारतले समग्रमा १ सय ७१ रनको अग्रता लिएको छ ।

ओपनर रोहित शर्माले २ सय ५६ बलमा १४ चौका र १ छक्का सहित १ सय २७ रनको महत्वपूर्ण शतकीय इनिङ खेल्दै आउट भए । रोहितले २ सय ४ बलमा टेस्ट करीअरको आठौं शतक पूरा गरेका थिए । रोहितले स्पिनर मोईन अलीलाई लङ अनमा छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । ओली रोबिन्सनको बलमा रोहित क्रिस वोक्सबाट क्याच आउट हुन पुगे ।
चेतेश्वर पुजारा १ सय २७ बलमा ९ चौका सहित ६१ रनमा क्याच आउट भए । भारतलाई ओपनर रोहित र लोकेश राहुलले ८३ रनको साझेदारी गर्दै राम्रो सुुरुवात दिलाएका थिए । जेम्श एन्डरसनले जोनी बेयरस्टोबाट राहुललाई ४६ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । राहुलले १ सय १ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि रोहित र पुजाराले १ सय ५३ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि भारतले खेलमा राम्रो पूनरागमन गरेको थियो । ८१ औं ओभरमा ओली रोबिन्सनले रोहित र पुजारा दुबैलाई क्याच आउट गराएका थिए । विराट कोहली ३७ बलमा ४ चौका सहित २२ रनमा अविजित छन् । रविन्द्र जडेजा ९ रनमा अविजित छन् ।
त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड दोस्रो दिन तेस्रो सेसनमा ८४ ओभरमा २ सय ९० रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका ओली पोपले १ सय ५९ बलमा ६ चौका सहित सर्वाधिक ८१ रनको योगदान दिए । एक समय ६२–५ को कमजोर अवस्थामा पुगेको इंग्ल्यान्डलाई छैटौं विकेटका लागि पोप र जोनी बेयरस्टोले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
बेयरस्टोलाई मोहम्मद शिराजले ३७ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । बेयरस्टोले ७७ बलमा ७ चौका प्रहार गरे ।
सातौं विकेटका लागि ओली पोपले मोईन अलीसँग ७१ रनको साझेदारी गरेपछि इंग्ल्यान्डले अग्रता लिएको थियो । मोईन अली ७१ बलमा ७ चौका सहित ३५ रनमा क्याच आउट भए । अलीलाई रविन्द्र जडेजाले रोहित शर्माबाट क्याच आउट गराएका थिए ।

अन्तिम विकेटका रुपमा रन आउट हुनुअघि क्रिस वोक्सले ६० बलमा ११ चौका सहित महत्वपूर्ण ५० रन जोडे । दोस्रो दिन पहिलो एक घण्टा भारतको पक्षमा गएको थियो । सुरुवातमै क्रेग ओभरटन एक रनमा विराट कोहलीबाट क्याच आउट भएका थिए । त्यसपछि डेविड मलानलाई उमेश यादवले रोहित शर्माबाट ३१ क्याच आउट गराउँदै घरेलु टोली इंग्ल्यान्डलाई दबाबमा राखेका थिए । मलानले ६७ बलमा ५ चौका प्रहार गरे । त्यसपछि इंग्ल्यान्डले राम्रो पूनरागमन गरेको थियो ।
पहिलो दिन कमजोर सुरुवात गरेको घरेलु टोली इंग्ल्यान्डलाई मलान र कप्तान जो रुटले तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । तर रुटलाई दिनको अन्तिम समयतिर उमेश यादवले २१ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण सफलता दिलाए । रुटले २५ बलमा ४ चौका प्रहार गरे ।
भारतलाई तीव्र गतिका बलर जस्प्रित बुमराहले चौथो ओभरमा दुबै ओपनरलाई आउट गराउँदै राम्रो सुरुवात दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा ओपनर रोरी बन्र्सलाई पाँच रनमा बोल्ड आउट गरेका थिए । अन्तिम बलमा हसिब हमिदलाई शून्यमा पन्तबाट क्याच आउट गराउँदा इंग्ल्यान्ड ६-२ को कमजोर अवस्थामा पुगेको थियो ।
भारतका उमेश यादवले सर्वाधिक तीन विकेट लिए । जस्प्रित बुमराह र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । मोहम्मद शिराज र शार्दूल ठाकुरको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि लन्डनमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ६१.३ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । भारतका लागि शार्दूल ठाकुरले टेस्टमा पूनरागमन गर्दै सर्वाधिक ५७ रनको योगदान दिए । तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै शार्दूले ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । एक समय १२७–७ को अवस्थामा पुगेको भारतलाई शार्दूलले आक्रमक ब्याटिङ गर्दै केहि इनिङ उकासेका थिए ।
शार्दूल ६१ औं ओभरको अन्तिम बलमा क्रिस वोक्सको एलबीडब्लू आउटको धरापमा परे । कप्तान विराट कोहलीले ९६ बलमा ८ चौका सहित ५० रनको योगदान दिए । इंग्ल्यान्डको टेस्ट टोलीमा चोटपछि पूनरागमन गर्दै तीव्र गतिका बलर क्रिस वोक्सले नवौं ओभरको अन्तिम बलमा ओपनर रोहित शर्मालाई विकेटकिपर जोनी बेयरस्टोबाट ११ रनमा क्याच आउट गराएका थिए ।
ओली रोबिन्सनले लोकेश राहुललाई १४ रनमा एलबीडब्लू आउट गरेका थिए । खराब लयबाट गुज्रिएका चेतेश्वर पुजारा जेम्श एन्डरसनको बलमा चार रनमा बेयरस्टोबाट क्याच आउट भए । रविन्द्र जडेजा ३४ बलमा २ चौका सहित सहित वोक्सको बलमा रुटबाट १० रनमा क्याच आउट भए । अजिक्या रहाणे चौथो टेस्टमा पनि चल्न सकेनन् । रहाणेलाई क्रेग ओभरटनले माईन अलीबाट १४ रनमा क्याच आउट गराए ।
वोक्सले विकेटकिपर ऋषभ पन्तलाई ९ रनमा अलीबाट क्याच गराउँदा भारत ५३ ओभरमा १२७–७ को कमजोर अवस्थामा पुगेको थियो ।
त्यसपछि शार्दूले इनिङ उकासेका थिए । शार्दूल आउट भएपछि भारतले एक रन मात्र जोड्न सक्यो । इंग्ल्यान्डका तीव्र गतिका बलर क्रिस वोक्सले सर्वाधिक ४ विकेट लिए । ओली रोबिन्सन तीन, जेम्श एन्डरसन र क्रेग ओभरटनले एक एक विकेट लिए ।
पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो खेलमा भारत १ सय ५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो । पाँच टेस्ट सिरिज १–१ को बराबरी अवस्थामा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]