default_image

4 years ago

September 5, 2021

पटेलको घातक बलिङमा न्युजिल्यान्ड विजयी

112 views

0 Bookmark

एजेन्सी – स्पिनर अजाज पटेलको घातक बलिङमा न्युजिल्याान्डले तेस्रो टि२० आई खेलमा बंगलादेशलाई ५२ रनले पराजित गरेको छ । जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली बंगलादेश १९.४ ओभरमा ७६ रनमा अल आउट भयो ।

बंगलादेशका अनुभवी ब्याट्सम्यान मुश्फिकुर रहिमले सर्वाधिक ३७ बलमा २० रनमा अविजित रहे । ओपनर मोहम्मद नईम १३ र लिटन दास १५ रन बनाए । बंगलादेशका ८ खेलाडी दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए ।

न्युजिल्यान्डका स्पिनर अजाज पटेलले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । कोले म्याकोन्चीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रचिन रभिन्द्र, स्कट कुगइजेन र कोलिन डि ग्रान्डहोमले एक एक विकेट लिए ।

त्यसअघि शेरे बंगला राष्ट्रिय क्रिकेट स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । न्युजिल्यान्डका हेनरी निकोलस २९ बलमा ३ चौका सहित ३६ रनमा अविजित रहे । टम ब्लन्डेल ३० बलमा ३ चौका सहित ३० रनमा अविजित रहे ।

ओपनर फिन एलेन १० बलमा ३ चौका सहित १५ रनमा आउट भए । रचिन रभिन्द्र र विल योंग समान २०–२० रनमा आउट भए । बंगलादेशका मोहम्मद सैफउद्दिनले सर्वाधिक २ विकेट लिए । माहेदी हसन, मुश्ताफिजुर रहमान र कप्तान महमुदूल्लाह रियादले एक एक विकेट लिए ।
यसअघि पहिलो र दोस्रो टि२० आई खेलमा बंगलादेश क्रमशः ७ विकेट र ४ रनले विजयी भएको थियो । पाँच टि२० आई सिरिजमा बंगलादेशले २–१ को अग्रता लिएको छ । चौथो खेल बुधबार हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.