default_image

4 years ago

September 9, 2021

ओमानको टि२० विश्वकप खेल्ने टोली घोषणा

185 views

0 Bookmark

एजेन्सी – घरेलु टोली ओमानले अर्को महिना आयोजना हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । टि२० विश्वकप संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुँदै छ ।

ओमानले युवा ब्याट्सम्यान अकिब इलायसलाई उपकप्तानको जिम्मेवारी दिएको छ । घोषणा टोलीमा दुई अनक्याप्ड खेलाडी अयान खान र नेस्टर धम्बा छन् । अनुभवी खेलाडी जतिन्दर सिंह, बिलाल खान, मोहम्मद नदीम लगायतका खेलाडीहरु छन् । ओमान पहिलो चरणको समूह बी मा छ । ओमानसँगै, नामिबिया, बंगलादेश र पिएनजी छन् ।

ओमानले विश्वकप तयारीको लागि आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिज नेपाल र अमेरिका तथा स्कटल्यान्ड र पिएनजीसँग खेल्ने छ । त्यस्तै श्रीलंकासँग दुई टि२० आई खेल खेल्ने छ । नेपाल र ओमानबीचको पहिलो खेल सेप्टेम्बर १४ मा हुने छ । नेपाल र ओमानबीचको दोस्रो ओडिआई खेल सेप्टेम्बर १९ मा हुने छ । अक्टोबर ७ र ९ मा श्रीलंकासँग टि२० आई खेल खेल्ने छ । मुम्बईसँग तीन टि२० र चार एकदिवसिय अभ्यास खेल खेल्ने छ ।


पिएनजीले पहिलो खेल अक्टोबर १७ मा पिएनजीसँग खेल्ने छ । ओमानले दोस्रो खेल अक्टोबर १९ मा बंगलादेशसँग खेल्ने छ । अन्तिम खेल अक्टोबर २१ मा स्कटल्यान्डसँग खेल्ने छ । समूह बी बाट शीर्ष दुईमा रहन सके सुपर १२ मा स्थान बनाउने छ ।

ओमानको टोली : जिशान मकसुद (कप्तान), अकिब इलायस, जतिन्दर सिंह, खवर अली, मोहम्मद नदीम, अयान खान, सुरज कुमार, सन्दीप गौड, नेस्टर धम्बा, कलिमुल्लाह, बिलाल खान, नसिम खुशी, सुफ्यान मोहम्मद, फैज बुट र खुराम खान ।

टि२० विश्वकपमा समूह चरण :

पहिलो चरण :

समूह ए : नेदरल्यान्ड्स, आयरल्यान्ड, नामिबिया र श्रीलंका

समूह बी : ओमान, पिएनजी, बंगलादेश र स्टकल्यान्ड

सुपर १२ :

समूह ए : इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता ।

समूह बी : भारत, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.