4 years ago
September 9, 2021
एजेन्सी – अमेरिका विकेटकिपर तथा मध्यक्रमका ब्याट्सम्यान जसकरण मल्हात्राले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा ६ बलमा ६ छक्का प्रहार गरेका छन् । मल्हात्राको विष्फोटक ब्याटिङको सहयोगमा अमेरिकाले पिएनजीलाई २ सय ७२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७१ रन बनायो ।

अमेरिका विकेटकिपर समेत रहेका मल्होत्रा १ सय २४ बलमा ४ चौका र १६ छक्का सहित १ सय ७३ रनमा अविजित रहे । उनले अन्तिम ओभरमा गौडी टोकालाई लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए । उनी अमेरिकाबाट ओडिआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने उनी विश्वको दोस्रो खेलाडी हुन् । इंग्ल्यान्डका ओईन मोर्गनले ओडिआईमा सर्वाधिक १७ छक्का प्रहार गरेका छन् । रोहित शर्मा, एवि डिभिलियर्स र क्रिस गेलले १६–१६ छक्का प्रहार गरेका छन् ।
भारतीय मुलका मल्होत्रा ओडिआईमा ६ बलमा ६ छक्का प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि ओडिआईमा सन् २००७ को विश्वकपमा दक्षिण अफ्रिका पूर्व ब्याट्सम्यान हर्षल गिब्सले नेदरल्यान्ड्सविरुद्ध विरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेका थिए । टि२० आईमा भारतका युवराज सिंह र वेस्टइन्डिजका काइरन पोलार्डले ६ बलमा ६ छक्का प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा ६ बलमा ६ छक्का प्रहार गर्ने समग्रमा चौथो खेलाडी हुन् ।
उनले छक्का वर्षा गराउँदा अन्य ब्याट्सम्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । आरोन जोन्स २२, निसर्ग पटेल २० र स्टिभ टेलर १७ रनमा आउट भए । पिएनजीका नोसैना पोकना, डमेयन राभू र चन्द सोपरले दुई दुई विकेट लिए ।
अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पिएनजीसँग दुई ओाडिआई खेल खेलेको हो । नेपाल र अमेरिकाबीच पहिलो खेल सेप्टेम्बर १३ मा खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]