4 years ago
September 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेल्दा पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

सन् २०१८ मार्चमा ओडिआई मान्यता पाएको नेपालले पहिलो पटक डे नाइट खेल खेल्नेछ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पिएनजीसँग तयारीको लागि दुई ओडिआई खेल खेलेको हो । नेपालले पछिल्लो पटक रातमा पछिल्लो पटक २०१९ मा सिंगापुरमा जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक टि२० आई खेल खेलेको थियो ।
टि२० विश्वकप २०१४ मा पनि नेपालले रातमानै खेलेको थियो । मैदानमा फ्लडलाइटमा खेल्ने हुँदा खेलाडीलाई केहि कठिन हुन सक्छ । ओडिआईमा पहिलो पटक फ्लडलाइटमा खेल्न लागेको हुँदा केहि कठिन पर्न सक्छ । अर्कोतर्फ ओमानको उच्च तापक्रममा खेल्न नेपाली खेलाडीलाई थप कठिनाई हुने अनुमान गरिएको छ ।
ओमानको मस्कटमा ३५ डिग्री माथिको तापक्रम छ । नेपालले ओडिआई मान्यता पाएपछि ११ खेल खेलेको छ । नेपालले यूएईसँग चार, अमेरिका, ओमान र नेदरल्यान्ड्सँग दुई दुई ओडिआई खेल खेलेको छ । एक ओडिआई खेल पिएनजीविरुद्ध छ । ६ मा जित र ५ मा हार छन् । ती सबै खेलहरु दिनमा भएका थिए ।
नेपालले पहिलो ओडिआई खेलमा पिएनजीलाई दुई विकेटले पराजित गरेको थियो । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले ८ विकेट गुमाउँदै संघर्षपूर्ण जित निकालेको थियो । जसक्रममा रोहित कुमार पौडेलले ४१ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

नेपालले दोस्रो खेलमा टोलीमा केहि परिवर्तन गर्ने सम्भावना छ । पहिलो खेलमा डेब्यू दिएको तीव्र गतिका बलर विक्रम सोबको ठाउँमा करण केसीलाई मैदान उतार्ने सम्भावना बढी छ । पहिलो खेलमा गोल्डेन डक आउट भएका पवन सरार्फको स्थानमा विकेटकिपर विनोद भण्डारीलाई मैदान उतार्ने सम्भावना देखिन्छ ।
उपकप्तान तथा मध्यक्रमका प्रमुख ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी दोस्रो खेल पनि खेल्ने सम्भावना न्यून छ । उनी पूर्णरुपमा फिट नभएको बुझिएको छ । सोमपाल कामीलाई विश्राम दिँदै अभिनाश बोहरा वा गुलशन झालाई मौका दिन सक्छ । गुलशन डेब्यूको प्रतीक्षामा छन् ।
नेपाली ब्याट्सम्यानलाई दोस्रो खेलमा जिम्मेवारी प्रदर्शन गर्न आवश्यक छ । पहिलो खेलमा खराब सट छनोट र गैर जिम्मेवार ब्याटिङका कारण कठिन जित हात पारेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र अनुभवी खेलाडी शरद भेषावकरलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न दबाब छ । पपुवा न्युगिनीसँगको दोस्रो खेलपछि नेपालको तयारी सम्पूर्ण पूरा हुने छ । नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्ने छ । असोजमा १ मा अमेरिका र असोज ३ मा ओमानसँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]