default_image

4 years ago

September 10, 2021

ऐतिहासिक खेलमा नेपालबाट सुधारिएको ब्याटिङको आशा

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज पपुवा न्युगिनीसँग पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल ज्ञानेन्द्र मल्ल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रने छन् । पहिलो खेलमा नेपालले पिएनजीलाई दुई विकेटले पराजित गरेको थियो । पिएनजी अमेरिकासँग दुबै खेलमा पराजित भएको छ । तयारीको अन्तिम खेलमा पिएनजी नेपाललाई पराजित गर्न चाहन्छ । नेपाल दुबै खेल जित निकाल्ने सोचमा छ ।

सन् २०१८ मार्चमा ओडिआई मान्यता पाएको नेपालले पहिलो पटक डे नाइट खेल खेल्दै छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पिएनजीसँग तयारीको लागि दुई ओडिआई खेल खेलेको हो । नेपालले पछिल्लो पटक रातमा २०१९ मा सिंगापुरमा जिम्बावे र सिंगापुरसँग त्रिकोणात्मक टि२० आई खेल खेलेको थियो ।

टि२० विश्वकप २०१४ मा पनि नेपालले रातमानै खेलेको थियो । मैदानमा फ्लडलाइटमा खेल्ने हुँदा खेलाडीलाई केहि कठिन हुन सक्छ । अर्कोतर्फ ओमानको उच्च तापक्रममा खेल्न नेपाली खेलाडीलाई सहज हुने छैन । पहिलो खेलमा जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले ८ विकेट गुमाउँदै संघर्षपूर्ण जित निकालेको थियो । जसक्रममा रोहित कुमार पौडेलले ४१ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

नेपालले ओपनिङमा आसिफ शेख र कुशल भुर्तेललाई नै निरन्तरता दिने छ । यी दुई जोडि ओमान भ्रमणमा पहिलो रोजाईमा खेल्ने निश्चित छ । वैशाखमा भएको त्रिकोणात्मक टि२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका आसिफ र कुशलबाट नेपाल ओडिआईमा पनि त्यस्तै प्रर्दशन चाहन्छ । पहिलो खेलमा आसिफ र कुशलले ४६ रनको साझेदारी गरेका थिए । त्यसपछि मध्यक्रम ध्वस्त हुँदा नेपाल समस्यामा परेको थियो ।

उपकप्तान तथा मध्यक्रमका प्रमुख ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी खुट्टाको चोटको कारण आजको खेल नखेल्ने निश्चित जस्तै छ । कप्तान ज्ञानेन्द्र मल्ल ठूलो इनिङ खेल्न सकि रहेका छैनन् । कमजोर प्रदर्शनका कारण आलोचित हुँदै आएका ज्ञानेन्द्रलाई ठूलो इनिङ खेल्नुपर्ने दबाब छ । अनुभवी ब्याट्सम्यान शरद भेषावकरको प्रदर्शन पनि कमजोर छ । पहिलो खेलमा शरद ६ रनमा आउट भएका थिए । शरदलाई ठूलो इनिङ खेल्न आवश्यक छ । आरिफ शेख र रोहित कुमार पौडेललाई पनि निरन्तरता दिने देखिन्छ ।

पहिलो खेल जिताउन राहितले ४१ रनको उत्कृष्ट प्रदर्शन गरेका थिए । कुशल मल्ल पहिलो खेलमा एक रनमा आउट भएका थिए । कुशलबाट नेपालले तल्लोक्रममा ठूलो आशा गरेको छ । कुशल स्पिन अलराउन्डरको रुपमा खेल्ने छन् । पहिलो खेलमा गोल्डेन डक आउट भएका पवन सरार्फको स्थानमा विनोद भण्डारीलाई मौका दिन सक्छ । पहिलो खेलमा डेब्यू गरेका विक्रम सोबको स्थानमा करण केसी फर्किने सम्भावना छ । सोमपाल र सन्दीपलाई निरन्तरता दिने छ ।

पहिलो खेलमा नेपालले निकै कमजोर ब्याटिङ गरेको थियो । दोस्रो खेलमा नेपालले ब्याटिङ सुधार गर्ने अपेक्षा गरिएको छ । पहिलो खेलबाट पिचबारे पनि नेपाल जानकार छ । सर्ट छनोट, डट बलमा कमी र जिम्मेवारी प्रदर्शनको आवश्यक छ । पिएनजीका असाद भाला वान म्यान आर्मी मानिन्छन् । शीर्षक्रमका अनुभवी भाला ब्याटिङ र बलिङ दुबैमा उच्च प्रदर्शन गर्दै एक्लै टोलीलाई सहज जित दिलाउन सक्छन् ।

पिएनजीको ओपनिङ टोनी उरा र लेगा सियकाले गर्ने छन् । पहिलो खेलमा उरा १ र लेगा ३० रनमा आउट भएका थिए । चाल्र्स अमिनि, सेसे बाउ, किप्लिङ डोरिका मध्यक्रमका ब्याट्सम्यान हुन् । तीव्र गतिका बलरमा नर्मन भानुआ, नोसैना पोकना र दानेम राभूमा निर्भर छन् । भानुआ, उरा र भाला प्रमुख हतियार हुन् । अमेरिकासँग दोस्रो खेलमा पिएनजी १ सय ३४ रनले पराजित भएको थियो । जसक्रममा गौडी टोकालाई अमेरिका ब्याट्सम्यान जसकरण मल्होत्राले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

पपुवा न्युगिनीसँगको दोस्रो खेलपछि नेपालको तयारी सम्पूर्ण पूरा हुने छ । नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्ने छ । असोजमा १ मा अमेरिका र असोज ३ मा ओमानसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.