4 years ago
September 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज पपुवा न्युगिनीसँग पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ पछि अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ज्ञानेन्द्र मल्ल र पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रने छन् । पहिलो खेलमा केहि प्रमुख खेलाडीलाई विश्राम र कमजोर ब्याटिङ गरेको हुँदा नेपालको टोलीमा परिवर्तनको सम्भावना बढी छ ।

नेपालले ओपनिङमा युवा ब्याट्सम्यान आसिफ शेख र कुशल भुर्तेललाई नै निरन्तरता दिने छ । यी दुई जोडि ओमान भ्रमणमा पहिलो रोजाईमा खेल्ने निश्चित छ । वैशाखमा भएको त्रिकोणात्मक टि२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका आसिफ र कुशलबाट नेपाल ओडिआईमा पनि त्यस्तै प्रर्दशन चाहन्छ । पहिलो खेलमा आसिफ र कुशलले ४६ रनको साझेदारी गरेका थिए । कुशल १५ र आसिफ ३० रनमा आउट भएका थिए । दुबै ब्याट्सम्यान सुरुवातलाई ठूलो इनिङमा बदल्न खोज्ने छन् ।
तेस्रो नम्बरमा कप्तान ज्ञानेन्द्र मल्ल खेल्ने छन् । ज्ञानेन्द्र पहिलो खेलमा ६ रनमा आउट भएका थिए । कमजोर प्रदर्शनका कारण आलोचित हुँदै आएका ज्ञानेन्द्रलाई ठूलो इनिङ खेल्नुपर्ने दबाब छ । उपकप्तान तथा मध्यक्रमका प्रमुख ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी खुट्टाको चोटको कारण आजको खेल नखेल्ने निश्चित जस्तै छ । चौथो नम्बरमा युवा ब्याट्सम्यान आरिफ शेखलाई निरन्तरता दिने छ । आरिफ मध्यगतिको बलिङका राम्रो विकल्प हुन् । पाँचौ नम्बरमा अनुभवी ब्याट्सम्यान शरद भेषावकर रहने छन् । पहिलो खेलमा शरद ६ रनमा आउट भएका थिए । अनुभवी र प्रमुख ब्याट्सम्यान हुँदा शरदको प्रदर्शन निकै महत्वपूर्ण हुने छ ।

छैटौं नम्बरमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेल हुने छन् । रोहित पहिलो खेलको जितमा नायक थिए । नेपाललाई ८२-७ को अवस्थाबाट जित सम्म पुर्याउन रोहितले ४१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । सातौ नम्बरमा विनोद भण्डारी खेल्ने सम्भावना छ । पहिलो खेलमा पवन सरार्फ गोल्डेन डक आउट भएका थिए । पवनको स्थानमा पहिलो रोजाईका विनोदले मौका पाउने छन् ।
कुशल मल्ल तल्लोक्रममा खेल्ने छन् । पहिलो खेलमा कुशल एक रनमा आउट भएपनि टोलील निरन्तरता दिने छ । कुशल स्पिन अलराउन्डर हुन् । बलिङमा राम्रो विकल्प हुँदा कुशल पहिलो रोजाईमा खेल्ने छ । तीव्र गतिमा सोमपाल कामी र करण केसीको जोडि फर्किने छ । पहिलो खेलमा करणलाई नेपालले विश्राम दिएको थियो । पहिलो खेलमा डेब्यू गरेका विक्रम सोबको स्थानमा करण्न खेल्ने छन् ।
पहिलो खेलमा चार विकेट लिँदै म्यान अफ द म्याच चुनिएका सन्दीप प्रमुख स्पिनरको रुपमा खेल्ने छन् । समग्रमा पहिलो खेलबाट दुई परिवर्तनको सम्भावना छ । पवनको स्थानमा विनोद र विक्रमको स्थानमा करण खेल्ने सम्भावना देखिन्छ । पहिलो खेलमा ब्याटिङमा कमजोर गरेको हुँदा सुधारमा ध्यान दिने देखिन्छ ।
नेपालको सम्भावित प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी र सन्दीप लामिछाने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]