default_image

4 years ago

September 10, 2021

उपाधि दाबेदार वेस्टइन्डिजद्धारा टि२० विश्वकप खेल्ने टोली घोषणा

221 views

0 Bookmark

एजेन्सी – उपाधिको बलियो दाबेदार वेस्टइन्डिजले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) र ओमानमा हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको छ । काइरन पोलार्डको कप्तानीमा वेस्टइन्डिजले १५ सदस्य बलियो टोली घोषणा गरेको छ ।

विश्व क्रिकेटमा आक्रमक ब्याटिङका लागि परिचित वेस्टइन्डिजको टोलीमा ३६ वर्षिय तीव्र गातिका बलर रवि रामपाउलले पूनरागमन गरेका छन् । रामपाउलले ६ वर्षपछि वेस्टइन्डिजको टोलीमा फर्किएका हुन् । विश्वका चर्चित टि२० स्टार ब्याट्सम्यानले भरिभराउ वेस्टइनिडजले बलियो टोली घोषणा गर्दै उपाधि दाबेदार प्रस्तुत गरेको छ ।

आन्द्रे रसेल, क्रिस गेल, ड्वेन ब्राभो, शिम्रन हेटमायर, निकोलस पुरन लगायतका स्टार ब्याट्सम्यान टोलीमा छन् । सुनिल नारायण भने टोलीमा छैनन् । स्टार अलराउन्डर जेसन होल्डर र युवा स्पिनर अकिल हुसैन वैकल्पिक सुचिमा छन् । टेस्ट स्टार स्पिन अलराउन्डर रोश्टन चेशले पनि टि२० विश्वकप टोलीमा स्थान बनाएका छन् । वेस्टइन्डिज सुपर १२ को समूह ए मा छ । वेस्टइन्डिजले विश्वकपमा पहिलो खेल अक्टोबर २३ मा इंग्ल्यान्डसँग खेल्दै सुरुवात गर्ने छ । साविक विजेता वेस्टइन्डिजले २०१६ को फाइनलमा इंग्ल्यान्डलाईनै पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।


वेस्टइन्डिजको विश्वकप खेल्ने टोली : काइरन पोलार्ड (कप्तान), निकोलस पुरन (उपकप्तान), फबिएन एलेन, ड्बेन ब्राभो, रोश्टन चेश, आन्द्रे फ्लेचर, क्रिस गेल, शिम्रन हेटमायर, इभिन लेविस, ओबेद म्याककोय, रवि रामपाउल, आन्द्रे रसेल, लेन्डन सिमन्स, ओशान थोमस र हेडन वाल्श जुनियर ।

भ्रमण बैकल्पिक खेलाडी : ड्यारेन ब्राभो, शेल्डन कटरेल, जेसन होल्डर र अकिल हुसैन ।

टि२० विश्वकपमा समूह चरण :

पहिलो चरण :

समूह ए : नेदरल्यान्ड्स, आयरल्यान्ड, नामिबिया र श्रीलंका

समूह बी : ओमान, पिएनजी, बंगलादेश र स्टकल्यान्ड

सुपर १२ :

समूह ए : इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता ।

समूह बी : भारत, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.