default_image

4 years ago

September 10, 2021

भारत र इंग्ल्यान्डबीचको खेल रद्ध

155 views

0 Bookmark

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण रद्ध भएको छ । खेल आजदेखि म्यानचेस्टरमा सुरु हुने कार्यक्रम थियो । तर भारतीय फिजियो योगेश प्रारमरलाई कोरोना देखिएपछि रद्ध हुन पुगेको हो ।

भारतीय सबै खेलाडीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुन १० दिन मात्र बाँकी हुँदा मिति सरेको खण्डमा प्रभावित हुने हुँदा पाँचौं टेस्ट रद्ध नै हुन पुगेको हो । भारतीय कोचिङ स्टाफमा कोरोना देखिएपछि भारतीय टोली मदान उत्रन अयोग्य मानिएको थियो ।

दुबै क्रिकेट बोर्डको सहमतीमा पाँचौ टेस्ट रद्ध भएको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । पाँचौं टेस्ट रद्ध भएसँगै पाँच खेलको सिरिज भारतले २-१ ले जितेको छ । भारतले चौथो टेस्ट खेलमा द ओभलमा सन् १९७१ पछि इंग्ल्यान्डलाई १सय ५७ रनले पराजित गरेको थियो । पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

दोस्रो खेलमा भारत १ सय ५१ रनले विजयी हुँदा तेस्रो खेलमा ७६ रनको इनिङ अन्तरले पराजित भएको थियो । अव भारतीय खेलाडी आइपिएलको लागि युएई जाने छन् । आइपिएल सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म चल्ने छ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म चल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.