default_image

4 years ago

September 10, 2021

फाफ डु प्लेसिस दक्षिण अफ्रिका विश्वकप टोलीमा परेनन्

243 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका चर्चित ब्याट्सम्यान तथा पूर्वकप्तान फाफ डु प्लेसिस आगमी महिना हुने टि२० विश्वकपको लागि टोलीमा परेका छैनन् । दक्षिण अफ्रिकाले टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गर्दा प्रमुख ब्याट्सम्यान फाफ डु प्लेसिस अटाएका छैनन् ।

दक्षिण अफ्रिका कप्तानी टेम्बा बभुमाले गर्ने छन् । क्विन्टन डी कक, कागिसो रबाडा र एचरिच नोर्किया जस्ता स्टार खेलाडी टोलीमा छन् । ३७ वर्षिय फाफ डु प्लेसिसले पछिल्लो समय फ्रेन्चाइज क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । क्यारेवियन प्रिमियर लिग (सिपिएल ) मा फाफ डु प्लेसिसले अघिल्लो साता सेन्ट लुसिया किंग्सबाट सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटर्सविरुद्ध ६० बलमा १ सय २० रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । बोर्डसँग चिसो सम्बन्धको कारण उनी टोलीमा नपरेको बुझिएको छ । स्पिनर इमरान ताहिर र तीव्र गतिका बलर क्रिस मोरिस पनि टोलीमा अटाएका छैनन् । दक्षिण अफ्रिका सुपर १२ को समूह ए मा छ । पहिलो खेल अक्टोबर २३ मा अष्ट्रेलियासँग खेल्ने छ ।

दक्षिण अफ्रिका विश्वकप खेल्ने टोली : टेम्बा बभुमा (कप्तान), क्विन्टन डि कक, ब्योर्जन फोच्र्युन, रिजा हेनड्रिक्स, हेनरिक क्लासेन, केशव महाराज, एडेन माक्ररम, डेविड मिलर, वुयान मुल्डर, लुन्गी एनगिडी, एनरिच नोर्किया, डवेन प्यट्रियटर्स, कागिसो रबाडा, तबरेज शाम्सी र रास्सी भान डर डुसेन ।


भ्रमण बैकल्पिक खेलाडी : जर्ज लिन्डे, एन्डिलो फेहलुकवयो र लिजाड विलियम्स ।

टि२० विश्वकपमा समूह चरण :

पहिलो चरण :

समूह ए : नेदरल्यान्ड्स, आयरल्यान्ड, नामिबिया र श्रीलंका

समूह बी : ओमान, पिएनजी, बंगलादेश र स्टकल्यान्ड

सुपर १२ :

समूह ए : इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, अष्ट्रेलिया, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता ।

समूह बी : भारत, पाकिस्तान, अफगानिस्तान, न्युजिल्यान्ड, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.