default_image

4 years ago

September 12, 2021

सन्दीपले बनाउन सक्ने तीन दुर्लभ विश्व कीर्तिमान

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट अन्तर्राष्ट्रिय खेलमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपाली टोलीका प्रमुख हतियार सन्दीप विश्वको स्टार स्पिनरमा पर्दछन् । इन्डियन प्रिमियर लिग देखि बिग ब्यास लिग सम्मका चर्चित अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलका सन्दीप वर्तमान समयका एसोसियट टोलीका प्रमुख स्पिनर मानिन्छन् ।

सन्दीप हाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजको लागि मस्कटमा छन् । नेपालले तयारी स्वरुप पपुवा न्युगिनी (पिएनजी) विरुद्ध दुई ओडिआई खेल खेल्दा सन्दीपले दुबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीप पहिलो खेलमा चार र दोस्रो खेलमा ६ विकेट लिँदै लगातार प्लेयर अफ द म्याच चुनिएका थिए ।

सन्दीप उच्च लयमा देखिएका छन् । यहि लयलाई कायम राख्न सके सन्दीपले ओडिआई विश्व क्रिकेटमा थुप्रै कीर्तिमानहरु बनाउन र तोड्न सक्ने सम्भावना छ । केहि सन्दीपले ओडिआई इतिहासमै बन्न नसकेको दुर्लभ कीर्तिमान बनाउन सक्छन् । सन्दीपले ओडिआईका यी दुर्लभ विश्व कीर्तिमान बनाउन सक्ने सम्भावना उच्च छ ।

३. लगातार सर्वाधिक प्लेयर अफ द म्याच

पछिल्ला तीन ओडिआई खेलमा नेपाललाई जिताउन सन्दीपले उत्कृष्ट प्रदर्शनका साथ लगातार तीन पटक प्लेयर अफ द म्याच चुनिएका छन् । २०२० फेब्रुअरीमा अमेरिकालाई ३५ रनमा अल आउट गर्न सन्दीपले ६ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ६ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । पिएनजीविरुद्ध पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

पिएनजीविरुद्ध दोस्रो खेलमा ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिँदै लगातार तेस्रो पटक प्लेयर अफ द म्याच चुनिएका थिए । ओडिआई इतिहासमा लगातार सर्वाधिक चार पटक प्लेयर अफ द म्याच भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुलीको नाममा छ । गांगुलीले सन् १९९६ मा पाकिस्तानविरुद्ध लगातार चार पटक सम्म ओडिआईमा प्लेयर अफ द म्याच चुनिएका थिए ।

क्यानडामा भएको पाँच ओडिआई सिरिजमा गांगुली दोस्रो, तेस्रो, चौथो र पाँचौं खेलमा लगातार उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिएका थिए । सन्दीपले अमेरिका र ओमानसँग सुरुवात खेलमा उत्कृष्ट प्रदर्शनका साथ प्लेयर अफ द म्याच चुनिन सके उक्त कीर्तिमान तोडिने छ । अमेरिकासँग पहिलो खेलमा चुनिएमा कीर्तिमान बराबरी गर्ने छन् । पछिल्लो समयको प्रदर्शनलाई हेर्दा गांगुलीको कीर्तिमान तोड्न सक्ने सन्दीपको सम्भावना देखिन्छ ।

२. सर्वाधिक छिटो ५० विकेट

सन्दीपले ओडिआईमा करिअरमा १२ खेलमा ३३ विकेट लिएका छन् । अब उनलाई ५० विकेट पूरा गर्न १७ विकेट आवश्यक छ । बाँकी ६ खेलमा १७ विकेट लिन सके सन्दीप ओडिआई इतिहासकै सर्वाधिक छिटो अर्थात कम खेलमा ५० विकेट लिने बलर लिने बलर बन्न सक्छन् । ओडिआईमा सर्वाधिक छिटो ५० विकेट लिने कीर्तिमान श्रीलंका पूर्वस्पिनर अजन्था मेन्डिसको नाममा छ ।

मेन्डिसले सन् २००९ मा १९ खेलमा ५० विकेट लिएका थिए । दोस्रो स्थानमा भारतका अजित अग्राकारको नाममा छ । उनले २३ खेलमा ५० विकेट पूरा गरेका थिए ।

१. चार पटक लगातार चारमाथि विकेट

सोमबार सन्दीपलाई अमेरिकाविरुद्ध मैदान उत्रदा विश्व कीर्तिमानको सुनौलो अवसर हुने छ । सन्दीपले अमेरिकाविरुद्ध पनि चार विकेट लिएमा ओडिआईमा पहिलो पटक लगातार चारमाथि चार पटक विकेट लिने पहिलो बलर बन्ने छन् । सन्दीपले पिएनजीविरुद्ध ६ विकेट लिँदै यस कीर्तिमान बराबरी गरिसकेका छन् । ओडिआईमा लगातार चारमाथि तीन पटक मात्र विकेट लिन सकेका छन् ।

पाकिस्तानका पूर्व तीव्र गतिका बलर वकार यूनिस, शादि अफ्रिदी, शाहिन शाह अफ्रिदी, अब्दुल रजाक, भारतका मोहम्मद शामी, अष्ट्रेलिया शेन वार्न, न्युजिल्यान्डका म्याट हेनरी लगायतका चर्चित बलरले तीन पटक सम्म लगातार चारमाथि विकेट लिन सकेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.