default_image

3 years ago

September 15, 2021

योर्कर किंग मालिंगाको सन्न्यास

एजेन्सी – श्रीलंका तीव्र गतिका बलर तथा योर्कर किंग लासिथ मालिंगाले सबै क्रिकेट शैलीबाट सन्न्यासको घोषणा गरेका छन् । ३८ वर्षिय मालिंगाले सोमबार सबै क्रिकेटबाट सन्न्यास लिएको जनाएका छन् । मालिंगाले यसअघिनै टेष्ट, ओडिआई र फ्रेन्चाइज क्रिकेट सन्न्यास लिई सकेका थिए । अर्को महिना युएई र ओमानमा हुने टि२० विश्वकपको लागि श्रीलंका टोलीमा नपरेपछि मालिंगाले […]

57 views

0 Bookmark

एजेन्सी – श्रीलंका तीव्र गतिका बलर तथा योर्कर किंग लासिथ मालिंगाले सबै क्रिकेट शैलीबाट सन्न्यासको घोषणा गरेका छन् । ३८ वर्षिय मालिंगाले सोमबार सबै क्रिकेटबाट सन्न्यास लिएको जनाएका छन् । मालिंगाले यसअघिनै टेष्ट, ओडिआई र फ्रेन्चाइज क्रिकेट सन्न्यास लिई सकेका थिए ।

अर्को महिना युएई र ओमानमा हुने टि२० विश्वकपको लागि श्रीलंका टोलीमा नपरेपछि मालिंगाले सन्न्यासको घोषणा गरेका हुन् । टि२० क्रिकेटका सर्वाधिक सफल बलर मलिङ्गा टि२० आईमा एक सय विकेट लिने पहिलो बलर हुन् । मालिंगाको कप्तानीमा श्रीलंकाले २०१४ को टि२० विश्वकप फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

मालिंगा२०२० मार्चदेखि श्रीलंका टि२० आई टोलीमा थिएनन् । टि२० आईमा मालिंगाको नाममा दुई ह्याट्रिक छ । २००६ मा इंग्ल्यान्डविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । मालिंगाले ८४ टि२० आई खेलमा १ सय ७ विकेट लिएका छन् । २ सय २६ ओडिआईमा ३ सय ३८ विकेट लिएका थिए ।

श्रीलंकालाई २००९ को टि२० विश्वकप र २०११ को एकदिवसिय विश्वकप फाइनलमा पुर्याउन मालिंगा योगदान महत्वपूर्ण थियो । मुम्बई इन्डियन्सलाई चार पटक सम्म च्याम्पियन बनाउन मालिंगाले उत्कृष्ट प्रदर्शन गरेका थिए । अघिल्लो सिजन मुम्बई च्याम्पियन बन्दा मालिंगा ब्यक्तिगत कारण खेलेका थिएनन् । मलिङ्गाले १ सय २२ खेलमा सर्वाधिक १ सय ७० विकेट लिएका छन् ।

भिन्न बलिङ एक्सन र योर्करका कारण उनी सफल बनेका थिए । विशेष गरि सिमित ओभरमा मालिंगाले विश्व क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.