4 years ago
September 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियता शीर्ष एक सयमा परेका छन् । सन्दीप नेपालबाट शीर्ष एक सय ओडिआई वरियतामा पर्ने पहिलो खेलाडी बनेका छन् ।

आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ९१ औं स्थानमा छन् । सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन ९५ औं र वेस्टइन्डिजका ओशान थोमस ९४ औं स्थानमा छन् । ब्याटिङ र अलराउन्डरतर्फ भने नेपालबाट ओडिआई वरीयतामा कुनैपनि खेलाडी छैनन् ।
टि२० आई वरियताको बलिङतर्फ सन्दीप ८१ औं स्थानमा छन् । टि२० आई वरियता ब्याटिङतर्फ युवा ओपनर कुशल भुर्तेल ५९ औं स्थानमा छन् । पूर्वकप्तान पारस खड्का टि२० आईको ब्याटिङतर्फ ८८ औं स्थानमा छन् । कप्तान ज्ञानेन्द्र मल्ल पनि टि२० आई वरियता ब्याटिङतर्फ ९३ औं स्थानमा छन् ।
नेपाल ओडिआई वरियतामा १५ औं र टि२० आई वरियतामा १३ औं स्थानमा छ । ओमान भ्रमणमा रहेका सन्दीपले पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलमा सानदार बलिङ गरेका थिए । पपुपा न्युगिनीविरुद्ध पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ६ विकेट लिदै नेपाललाई सहज जित दिलाएका थिए । अमेरिकासँग पहिलो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।

ओमानसँगको खेलमा भने पेटमा समस्याको कारण सन्दीपले बलिङ गर्न सकेका थिएनन् । ब्याटिङतर्फ ओमानविरुद्ध सन्दीपले १६ रन बटुलेका थिए । सन्दीपले १४ ओडिआई खेलमा ३५ विकेट लिई सकेका छन् । लगातार उत्कृष्ट प्रदर्शनका साथ शीर्ष एक सयमा स्थान बनाएका हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]