default_image

4 years ago

September 16, 2021

कोहलीले कप्तानी छाड्ने

241 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अर्को महिना हुने टि२० विश्वकपपछि टि२० शैलीबाट कप्तानी छाड्ने भएका छन् । कोहलीले सामाजिक सञ्जाल मार्फत टि२० विश्वकप पछि कप्तानी छाड्ने जनाएका छन् ।

विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् । विराट कोहलीले प्रशिक्षक रवि शास्त्री, रोहित शर्मा र खेलाडीसँग छलफल गर्दै कप्तानी छोड्न लागेको बताएका छन् । विराटले २०१४ देखि टेस्टमा कप्तानी गर्दै आएका छन् । सिमित ओभरमा २०१७ देखि भारतीय टोलीको कप्तानी गर्दै आएका थिए । सन् २०१६ मा महेन्द्रसिंह धोनीले कप्तान छाडेपछि विराटले भारतीय टोलीको नेतृत्व गर्दै आएका थिए ।

कोहलीले टि२० विश्वकपपछि भारतीय टि२० शैलीको कप्तानी छाड्ने बिसिसिआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहलाई जानकारी दिइसकेको बताएका छन् । कोहलीले आफ्नो प्रदर्शन शतप्रतिशत दिन टि२० कप्तानी छोड्न लागेको जनाएका छन् । रोहितलाई टि२० कप्तानी दिन आवश्यक रहेको कोहलीले जनाएका छन् ।

विराटको कप्तानीमा भारतले सिनियर टोलीमा हालसम्म आइसिसी उपाधि जितेको छैन । अर्कोतर्फ इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले पनि कोहलीको कप्तानीमा उपाधि जित्न सकेको छैन । यता मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले आफ्नो कप्तानीमा पाँच उपाधि दिलाइसकेका छन् । लामो समयदेखि रोहित भारतको टि२० कप्तान बन्नुपर्ने माग उठ्दै आएको थियो ।

कोहलीले आइसिसी उपाधि जित्न नसकेपछि भारतलाई तीनै शैलीमा आफ्नो कप्तानीमा विश्वको एक सर्वोत्कृष्ट टोली भने बनाउन सफल भएका छन् । कोहलीले अन्तर्राष्ट्रिय क्रिकेटमा तीनै शैलीमा उच्च प्रदर्शन गर्दै आएका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.