default_image

4 years ago

September 16, 2021

शिवम् सिमेन्ट काठमाडौंको मुख्य प्रायोजक

191 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनको मुख्य प्रायोजको रुपमा शिवम् सिमेन्ट लिमिटेडले हुने भएको छ । काठमाडौं र शिवम् सिमेन्टबीच औपचारिक रुपमा सम्झौता भएको छ ।

काठमाडौंको तर्फबाट सह मालिक सञ्जय अग्रवाल र शिवम् सिमेन्टका उपाध्यक्ष केपी रिजालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । शिवम् सिमेन्ट काठमाडौं मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकाष्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा आवद्ध हुने छ ।

काठमाडौंले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्व स्टार अलराउन्डर शाहिद अफ्रिदी, सिंगापुरका युवा तीव्र गतिका बलर जनक प्रकाश र जिम्बावेका रयान बर्ललाई अनुबन्ध गरि सकेको छ । काठमाडौंको मुख्य प्रशिक्षकमा कलाम अली छन् । कप्तानी नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गर्ने छन् ।

काठमाडौंमा जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन, दीपेन्द्र रावत, गुलशन झा, सिद्धान्त लोहनी स्वदेशी खेलाडीको रुपमा छन् । चौथो संस्करणको इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । काठमाडौंले पहिलो खेल उद्धघाटनमा साविक विजेता ललितपुरसँग खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.