default_image

3 years ago

September 26, 2021

क्यानको दुई वर्ष : योजना बोलीमा नै सिमित

भुपेन्द्र जिसी, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पाएको दुई वर्ष पुगेको छ । चतुरबहादुर चन्दको अध्यक्षतामा आएको नेतृत्वबाट नेपाली क्रिकेटले धेरै अपेक्षा राखेको थियो । चन्द नेतृत्वको क्यानको सुरुवाती दुई वर्ष आशा र सम्भावना भन्दा खासै उपलब्धि हुन सकेन । दुई वर्षमा मैदानमा काम भन्दा बढी योजना कार्यन्वयन गर्न नसक्नुको बहाना धेरै छ। यसकारण […]

29 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पाएको दुई वर्ष पुगेको छ । चतुरबहादुर चन्दको अध्यक्षतामा आएको नेतृत्वबाट नेपाली क्रिकेटले धेरै अपेक्षा राखेको थियो ।

चन्द नेतृत्वको क्यानको सुरुवाती दुई वर्ष आशा र सम्भावना भन्दा खासै उपलब्धि हुन सकेन । दुई वर्षमा मैदानमा काम भन्दा बढी योजना कार्यन्वयन गर्न नसक्नुको बहाना धेरै छ। यसकारण पनि संघले प्रंशसा भन्दा बढी आलोचना पाएको छ । नेपाली क्रिकेट जगतले क्यानमा नयाँ नेतृत्व पाउनु आफैंमा एक सफलता र उपलब्धि थियो ।

२०७० सालदेखि नेतृत्वविहिन क्यान नहुँदा नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) मा निर्भर थियो । त्यसैले नेपाली क्रिकेट टोलीले आफ्नो योजना अनुसार कुनैपनि काम गर्न सकेको र पाएको थिएन । अर्कोतर्फ क्यानलाई २०७३ देखि राजनीतिक हस्तक्षेपलाई मुख्य कारण देखाउँदै आइसिसीले निलम्बन गरेको थियो । उक्त निलम्बन हट्न प्रमुख शर्त क्यानमा निष्पक्ष निर्वाचन थियो ।

दुईवर्ष अघि असोज १० गते चन्दले पूर्व अध्यक्ष विनयराज पान्डेलाई ४४–१५ को मतान्तरले पराजित गर्दै क्यान नेतृत्वमा पुगेका थिए । क्यान निर्वाचनसँगै आइसिसीले असोज २७ मा नेपाललाई २०७३ वैशाख देखि लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । दुई वर्ष पुग्दा त्यो सशर्त फुकुवा हट्न सकेन ।

आर्थिक पार्दशिकतामा शंका र नयाँ नेतृत्वमा विश्वासको कमी हुँदा आइसिसीले क्यानमाथि लगाएको निलम्बन पूर्ण रुपमा फुकुवा गरेको थिएन । दुई वर्षसम्म पनि सशर्त फुकुवा नहट्नु एक असफलता हो । कोरोना महामारीले क्यानले आफ्नो योजना अनुसार काम गर्न सकेन । कोरोना महामारी बाहना र आलटाल बनाउने आधार पनि बन्यो ।

क्यानका केहि राम्रा कामहरु

दुई वर्षमा क्यानले केहि राम्रो कामहरु पनि गरेको छ । गत वर्ष पहिलो पटक महिला टोलीलाई ग्रेडमा विभाजन गर्दै मासिक तलब दिने निर्णय गरेको थियो । ग्रेड विवादित भएपनि नेपाली महिला क्रिकेटको लागि एउटा सकरात्मक सुरुवात थियो । कोरोना महामारीको समयमा सिनियर महिला र पुरुष घरेलु क्रिकेट सफल आयोजना सम्पन्न गरेको थियो ।

काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै काठमाडौं मेयर्स कप आयोजना गरेको थियो । ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै महिला टि२० प्रतियोगिता भएको थियो । नेपालको माग र आवश्यकता अनुसारकै उच्च स्तरिय अष्ट्रेलिया मुख्य प्रशिक्षक देभ ह्वाटमोरलाई नियुक्त गरेको थियो । उनले नौ महिनामै नेपाली क्रिकेट छाडेपनि थुप्रै परिवर्तन गरेर गरेका छन् । वाइवाइसँग यू१९ क्रिकेट विकासको लागि वार्षिक ७० लाख सम्झौता गरेको थियो ।

क्यानले राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीलाई म्याच फि दिने घोषणा गरेको छ । राष्ट्रिय प्रतियोगितामा महिलाले १ हजार ५ सय देखि २ हजार सम्म पाउनेछन् । पुरुष खेलाडीले राष्ट्रिय प्रतियोगितामा २ हजार देखि २ हजार ५ सय सम्म पाउने छन् । महिला खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय खेलमा म्याच फि दिने जनाएको छ । महिलाले टि२० आईमा ३ हजार र एकदिवसियमा ५ हजार पाउने छन् । वैशाखमा नेदरल्याड्स र मलेसियालाई निमन्त्रणा गर्दै टियु मैदानमा त्रिकोणात्मक टि२० आई सिरिज खेलेको थियो ।

क्यानले गर्न नसकेका कामहरु

कठिन समयमा धेरैले असम्भव मानेको कामलाई सम्भव बनाउन सक्ने नेतृत्वलाई उत्कृष्ट मानिन्छ । आइसिसीले क्यानमाथि सुरुवात देखि नै विश्वास गर्न सकेको छैन । आइसिसीको विश्वास जित्दै ससर्त फुकुवा गरि सकेको हुनुपर्थ्यो । त्यसैले अहिले पनि क्यान आइसिसीको निर्णय पर्खेर बस्नुपर्छ । क्यानले नेपाली क्रिकेटलाई व्यावसायिक रुपमा फड्को सुरुवात गर्न सक्नुपर्ने थियो ।

नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा जुन उपलब्धी र सफलता हात पारेको छ त्यसले व्यावसायिक बजारमा प्रायोजन पाउन कुनै कठिन छैन। आइसिसीले दिने आर्थिक सहयोगले मात्र नेपाली क्रिकेट विकास हुन सक्दैन । त्यसैले ठूला कम्पनी र सरकारी संस्थासँग प्रायोजन सम्झौता गर्दै आर्थिक पक्ष बलियो बनाउने सुरुवात गर्न सक्नुपर्थ्यो । तर ठूला प्रायोजन ल्याउन सकेको छैन । फ्रेन्चाइज लिगले करोडौं रकमको सम्झौता गर्दा क्यान टुलटुल हेरेर बसिरहेको छ । प्रायोजनको कुरामा क्यान भन्दा सम्बन्धित जिम्मेवारी कर्मचारी असफल भएका हुन् ।

नेपालको सर्वाधिक ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएनल) क्यानले भारतीय कम्पनीलाई ठेक्कामा दिने चर्चा चल्दै आएको छ । दुई वर्षसम्म एनपिएलबारे कुनै निर्णय गर्न सकेको छैन । जर्सी मुख्य प्रायोजन एड प्याड र वैशाखमा भएको त्रिकोणात्मक ओडिआई सिरिजमा व्यवस्थापनको जिम्मा जोरा स्पोर्ट्ससलाई बेचेको थियो । जर्सी डिजाईनको कारण क्यानको चर्को आललोचना खेप्नु पर्यो । खुल्ला आवेदन मार्फत नयाँ डिजाइन गरेपनि आलोचना मुक्त हुन सकेन । गत वर्ष ग्रेड विभाजन सर्वाधिक आलोचना विषय बन्यो ।

त्रिकोणात्मक टि२० आई सिरिजमा प्रायोजन र टिकट दुबै मुख्य स्रोत जोरालाई क्यानले १५ लाख रुपैयाँ कौडीको भाउमा बेचेको थियो । टिकट क्यानको आम्दानीको मुख्य स्रोत हो । क्यान यस्ता झन्झट उठाउन चाहदैन । कमिसनको लोभमा ठेक्का दिने गरेको शंका पनि उठ्न त्यतिनै छ ।

क्रिकेट विकासको आधार ग्रासरुट हो । ७ पाँच वर्षयता शून्य बनेको ग्रासरुटलाई उठाउने योजना ल्याउने प्रयास गर्न सकेन । पछिल्लो ७ वर्षमा राष्ट्रिय टोली, उमेह समूह र घरेलु क्रिकेटमा देखिएका प्रतिभा एकेडेमीबाट आएका छन् । गाउँगाउँमा रहेका नयाँ प्रतिभालाई पहिचान गर्न कुनै कार्यक्रम र योजना बनाउन सकेन । टोलीमा आन्तरिक प्रतिस्पर्धा बढाउन ‘ए’ र ‘बी’ टोली बनाउन सक्नुपर्थ्यो । ‘ए’ र ‘बी’ बेन्च बलियो बनाउने एउटा राम्रो आधार पनि हो । एक पटक टोलीबाट बाहिरीएपछि पुन पूनरागमन गर्न सक्ने वावावरण तयार पार्न सक्नुपर्थ्यो ।

क्यानले कोरोना महामारीमा खेलाडीलाई आर्थिक अवस्था सहयोग त कुरै छाडौं सामान्य चासो पनि दिएन । क्यान खेलाडीको अभिभावक संस्था हो । कठिन र समस्याको समयमा अभिभावको ठूलो भूमिका हुन्छ । क्यान आएपछि नेपालले १० मात्र ओडिआई खेल खेल्यो । १० खेल मध्य ८ आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज छन् । नेपालले ओडिआई मान्यता सन् २०२३ सम्मलाई पाएको छ । मान्यता पाएको तीन वर्ष भन्दा बढी हुदा १६ ओडिआई खेल खेलेको छ । नेपालमा खेल्न टेष्ट टोलीनै इच्छुक छन् । ती इच्छुक टोलीलाईनै नेपालमा ल्याउन पहल गर्नुपथ्र्यो । टोलीलाई व्यस्त राख्ने कुनै योजना देखिदैन ।

नेपाली टोलीमा पछिल्लो समय राम्रो प्रतिभा भएका खेलाडी देखिएका छन् । ती प्रतिभाले विदेशमा प्रशिक्षक पाउने हो भने प्रर्दशनमा अझ निखार आउने थियो । तर त्यसको लागि क्यानले पहल गर्न सकेन । पछिल्लो चार वर्षमा हेर्ने हो भने नेपालका सबै प्रतियोगिता र सिरिजलाई बन्द प्रशिक्षणमा २० देखि २४ खेलाडीमात्र बोलाउँदै आएको छ । जसको कारण टोलीमा स्थान बनाउने खेलाडीमा खासै प्रतिस्पर्धा रहँदैन । क्यानले बन्द प्रशिक्षण खेलाडी संख्या बढाउन सक्नुपर्थ्यो । राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कप लिगमा गर्न सकेको छैन ।

टेष्ट राष्ट्रको सपना देखेलेको नेपाली घरेलु क्रिकेट टि ट्वान्टी मा बढी निर्भर छ । टि ट्वान्टी, ओडिआईसँगै प्रथम श्रेणीलाई विशेष ध्यान दिनुपर्छ । अर्कोतर्फ क्यान आफूले गरेको निर्णयमा विवाद हुन्छ की भनेरै सूचना दिन कन्जुस्याइँ गर्दै आएको छ । प्रष्ट सूचना नदिँदा झनै समस्या बल्झिन्छ भन्ने पनि क्यानले बुझ्न सकेको छैन । क्यानमा जवाफदेहिता अझै बन्न सकेको छैन । प्रवक्ता काम सत्य तथ्य सूचना दिने हो । तर क्यान प्रवक्ता मिडियाबाट सकभर टाढा भाग्न खोज्छन् । सूचना दिनु परेपनि सकभर सत्यता लुकाउन खोज्छन् । जवाफदेहिता क्यानमा देखिदैन ।

क्यानमै बिग्रिदो सम्बन्ध

पछिल्लो समय नेपाली टोली र क्यान दुबैमा एकता कमी नभएको चर्चा चल्दै आएको छ । क्यान भित्रनै असन्तुष्ट र गुटको चर्चा चल्दै आएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन कुमार सिंहको समूह एकतर्फ छ भने सचिव अशोकनाथको धार अर्को छ । चन्द समूह क्रिकेट विकासमा ध्यानदिनुपर्ने र नयाँ शैलीका साथ तीव्र रुपमा विकास गर्ने अडान राख्दै आएका छन् । सचिव र अध्यक्षकै सम्बन्ध राम्रो छैन । कोषाध्यक्ष र सचिवको बोलचाल नै नभएको पनि सुनिन्छ ।

खेलाडी निकट केन्द्रिय सदस्य छुम्बी लामा आफ्नो स्वार्थको विषयमा खरो उत्रिए पनि अन्य विषयमा गुपचुप रहने अरोप लाग्दै आएको छ । अन्य सदस्यलाई पद र विदेश भ्रमण लोभ बढी छ । सत्य र यथार्थ कुरा गर्न कमै सक्छन् । क्रिकेट विकास निस्वार्थ विकास गर्नुपर्छ भन्ने क्यानमा निकै कम छन् । सबैले आफ्नो स्वार्थ त्यागेर निष्पक्ष र एकजुट भएर नेपाली क्रिकेट विकासमा हातेमालो गर्न आवश्यक छ ।

सुस्त क्यान

क्यानको काम गर्ने शैली निकै सुस्त छ । कछुवा गति संस्कार बन्दै गएको छ । क्यानले हरेक काममा ढिला र सुस्ती गर्दै आएको छ । विभिन्न बहाना बनाएर ढिलो गर्दै आएका छन् । आफ्नो आफ्नो काम सम्पन्नमा तीव्रता दिन निकै आवश्यक देखिन्छ ।

क्यानबाट के थियो आशा ?

क्यान आएपछि धेरैको आशा आइसिसीको निलम्बन फूकुवा थियो । सशर्त फुकुवा कल्पना बाहिर थियो । ग्रास रुट, उमेर समूह र घरेलु प्रतियोगिता निरन्तर आयोजना गर्दै जग बलियो बनाउने आशा गरिएको थियो । सिनियर टोलीको लागि क्यान नहुँदा फ्रेन्चाइज लिगले पनि आयोजना गर्दै आएका थिए । उमेर समूह र ग्रासरुट नेपालमा शून्य छ ।

राष्ट्रिय क्रिकेट एकेडेमी, खेलाडीलाई उच्च सेवा सुविधा र विश्व स्तरमा सुधारको अपेक्षा राखिएको थियो । नेपाल प्रिमियर लिग, नेपाल ए, बी टोली निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा निरन्तर व्यस्तता गराउदै खेलाडीको प्रदर्शनमा निखरता अपेक्षा थियो । नेपाल प्रिमियर लिग (एनपिएल), एकदिवसिय राष्ट्रिय प्रतियोगिता, डे क्रिकेट प्रतियोगिता, संरचना विकास, निष्पक्षता, स्पष्टता, पार्दशिकता र जवाफदेहिता अपेक्षा थियो ।

उच्च स्तरिय विदेशी प्रशिक्षकको अपेक्षा गरिएको थियो । प्रशिक्षकमा अनुबन्धमा भने क्यान सफल भएको थियो । प्रशिक्षक मात्र होईन सम्पूर्ण कोचिङ स्टाफनै परिवर्तनका साथ उच्च स्तरिय अपेक्षा गरिएको थियो । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी र क्रिकेटको पावर हाउस हुँदा नेपालले रामो सहकार्य गर्दै त्यसको भरपूर्ण फइदा उठाउछ कि भन्ने आशा थियो । उच्च स्तरका विदेशी टोली (अफगानिस्तान, जिम्बावे, आयरल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, पाकिस्तान) जस्ता देशसँग प्रतिस्पर्धा आशा गरेको थियो ।

छैन दीर्घकालीन योजना

क्यानसँग नेपाली क्रिकेटलाई कसरी अगाडि बढाउने कुनैपनि दीर्घकालिन योजना देखिदैन । सबै तत्कालको लागि मात्र सोच्दै आएका छन् । क्यानले दुईवर्ष सम्म आफ्नो वार्षिक कार्यक्रमनै सावैजनिक गर्न सकेन ।

हाललाई ओडिआई मान्यता २०२३ सम्म पाएको छ । त्यसपछि ओडिआई मान्यतालाई कसरी निरन्तरता दिने, घरेलु प्रतियोगिता कहिले गर्ने, टोलीलाई ओडिआईमा कसरी ब्यस्त राख्ने, महिला टोलीको अन्तर्राष्ट्रिय सहभागिता कसरी बढाउने, युवा प्रतिभा कसरी केन्द्रसम्म ल्याउने लगाएतका योजनाहरु क्यानमा देखिदैन । नेपालले अर्को वर्ष टि२० विश्वकप छनोट खेल्ने छ । तर विश्वकप कसरी खेल्ने कुनै तयारी र योजना छैन । उमेर समूह र ग्रास रुट कसैको ध्यान छैन ।

कोरोना क्यानको विकासमा मुख्य बाधक बन्यो । केहि सिनियर खेलाडहरुले पनि असहयोग गरेका हुन् की भनेर अनुमान गर्न सकिन्छ । खेलाडी र क्यानबीच अझैपनि राम्रोसँग तालमेल हुन सकेको छैन । क्यानले सुरुवाती दुई वर्षलाई खासै राम्रोसँग सदुपयोग गर्न सकेन । काम हुन नसक्नुमा क्यानलाई मात्र सबै दोष दिनु न्याय पूर्ण नहोला । काम गर्न सके दुई वर्ष अझैपनि क्यानसँग राम्रो समय छ ।

क्यानले होईन आम समर्थक, सुभचिन्तक र विश्लेषकहरुले यी राम्रो काम गर्यो भनेर देखिनेनै गरि काम गर्नुपर्छ। जसले गर्दा क्यान र नेपाली क्रिकेट दुवै माथि उठ्ने छ । अन्यथा एक अर्कालाई दोष दिदै र बाहना बनाउँदै बसेमा अहिलेको क्यान नेतृत्व सफल हुन सक्दैन । हरेक कामको जवाफदेहिता हुनुपर्छ ।

क्यानका सबै पदाधिकारी र जिम्मेवार व्यक्ति आ– आफ्नो ठाउँबाट निस्वार्थ भावनाका साथ एक ढिक्का भएर क्रिकेट विकासमा लाग्न आवश्यक छ । व्यक्तिगत स्वार्थ पूर्ति गर्न नेपाली क्रिकेटनै डुबाउन खोजे त्यो सबैभन्दा ठूलो कुकर्म हुने छ । कसले के आलोचना गर्यो भन्दा पनि हामीले के राम्रो काम गर्यौ, के गर्नुपर्छ, कहाँ चुक्यौं र कसरी सुधारका साथ अघि बढ्ने भनेर लाग्न आवश्यक देखिन्छ । त्यसको लागि सबैले ब्यक्तिगत स्वार्थ त्याग्न आवश्यक छ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.