default_image

3 years ago

September 26, 2021

डेब्यु विकेटमै तुलबहादुरको ‘रोनाल्डो सेलेब्रेसन’

भुपेन्द्र जिसी, काठमाडौं क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका सर्वकालीन महान खेलाडी मध्यम पर्छन् भन्नेमा सायदै दुइमत होला । पछिल्लो डेढ दशकयता विश्व फुटबलमा एक पछि अर्को सफलता र कीर्तिमान कायम गर्दै आएका रोनाल्डो थुप्रै खेलाडीका लागि आदर्श बनेका छन् । फुटबल मात्र होइन, अन्य खेलका खेलाडी र आम मानिस पनि उनको कडा मिहिनेत र सफलताबाट प्रभावित भएका […]

92 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

क्रिस्टियानो रोनाल्डो विश्व फुटबलका सर्वकालीन महान खेलाडी मध्यम पर्छन् भन्नेमा सायदै दुइमत होला । पछिल्लो डेढ दशकयता विश्व फुटबलमा एक पछि अर्को सफलता र कीर्तिमान कायम गर्दै आएका रोनाल्डो थुप्रै खेलाडीका लागि आदर्श बनेका छन् । फुटबल मात्र होइन, अन्य खेलका खेलाडी र आम मानिस पनि उनको कडा मिहिनेत र सफलताबाट प्रभावित भएका छन् ।

आइतबार एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो खेलमा भैरहवाका लागि डेब्यु गरिरहेका चाइनाम्यान तुलबहादुर थापाले वेस्टइन्डिजका केज्रिक विलियम्सको विकेट लिएपछि रोनाल्डोको प्रसिद्ध ‘सीSSS’ सेलेब्रेसन गरे । यसैपनि क्रिकेटमा निकै कम देखिने चाइनाम्यान बलर तुलबहादुरले डेब्यु खेलमा नै विलियम्सलाई एलबीडब्लु धरापमा पारेपछि उक्त सेलेब्रेसनमार्फत खुसी साटे ।

पहिलो ओभरमा नै विकेट लिएका तुलबहादुरको दोस्रो ओभर सुरु हुनेबितिक्कै वर्षा हुन थालेपछि खेल रोकियो । पोखरालाई ६५-७ को दयनीय अवस्थामा पुर्याएको भैरहवा बलियो स्थितिमा थियो । तर निरन्तर वर्षाका कारण अन्तत खेल रद्द हुन पुग्यो । डेब्युमा नै प्रभाव जमाएका तुलबहादुरले जितको स्वाद चाख्न पाएनन्, तर उनको लागि डेब्यु खेलको प्रदर्शनले मनोबल भने बढाएको छ ।

खेलअघि वार्मअपका दौरान प्रशिक्षक पुबुदु दसानायकेले तुलबहादुरलाई उनी पहिलो रोजाइमा रहेको जानकारी दिएका थिए । फुरुङ्ग भएका उनले केहि बेरपछि टिम हडलमा बंगलादेशको कप्तानी गरिसकेका तामिम इकबालले डेब्यु क्याप दिए । डेब्यु खेलका लागि उत्साहित रहेका तुलबहादुरले पहिलो बलमा छक्का खाएर दोस्रो बलमा वाइडमा चौका गयो । तर त्यसपछि उनले पुनरागमन गर्दै चौथो बलमा विकेट लिए ।

विलियम्सलाई एलबीडब्लु आउट गरेपछि उनी पिचको क्षेत्रबाट केहि पर कुदे र रोनाल्डोको सेलेब्रेसन गरे । खेलपछि बोल्दै उनले रोनाल्डोको कडा मिहिनेतबाट प्रभावित भएकाले त्यसो गरेको बताए । ‘मलाई रोनाल्डो मनपर्छ । उनले गर्ने कडा मिहिनेतले जोकोहीलाई प्रभावित पार्छ । म फुटबल नियमित खेल्ने त होइन, तर फुटबलमा उनी मनपर्छ । क्रिकेटमा विराट कोहली र कुलदीप यादव मनपर्ने खेलाडी हुन्,’ उनले भने ।

खेलपछि विलियम्सले उनको बलिङको प्रशंसा गर्दै सेलेब्रेसनको कारण समेत सोधेको तुलबहादुरले बताए । ‘मेरो लागि त अन्तर्राष्ट्रिय विकेट सरह नै रहयो । खेलपछि विलियम्सले बलिङको प्रशंसा गरे । एकदम राम्रो लाग्यो । रोनाल्डोको फ्यान हो भनेर पनि सोधेका थिए, मैले फ्यान त होइन तर राम्रो लाग्छ भनें,’ उनले उत्साहित हुँदै सुनाए ।

केज्रिक विलियम्स आफैं पनि आफ्नो एक सेलेब्रेसनका लागि विश्व क्रिकेटमा प्रख्यात छन् । उनले नोटबुक सेलेब्रेसन अर्थात, विकेट लिएपछि त्यसबारे टिपेजस्तो गर्ने सेलेब्रेसन गर्ने गरेका छन् । भारतीय कप्तान विराट कोहलीसँग पनि उनको यो सेलेब्रेसनलाई लिएर चर्चा भएको थियो । विलियम्सले कोहलीको विकेट लिएपछि सन् २०१७ मा सो सेलेब्रेसन गरेका थिए । त्यस्तै कोहलीले पनि सन् २०१९ मा वेस्टइन्डिजलाई पराजित गरेपछि सोहि सेलेब्रेसन गरेका थिए ।

विलियम्सले तुलबहादुरसँग कुराकानीका क्रममा यसबारे पनि चर्चा गरेको बताए । ‘विलियम्सले उनको फ्यान भए नभएको सोध्दा मैले उनलाई पछ्याउने गरेको बताएँ । अझ उनको कोहलीसँगको सेलेब्रेसनबारे पनि मैले उनलाई भनें । त्यसपछि विलियम्सले मलाई अर्को पटक छक्का हानेपछि सोहि सेलेब्रेसन गर्ने बताए । मैले पनि हाँसेर हेरौंला नि भनें,’ तुलबहादुरले हाँस्दै भने ।

डेब्युको अवसर पाएका तुलबहादुरले आफूले प्रशिक्षणमा जस्तो प्रदर्शन गर्न भने नसकेको बताए । ‘नेटमा निकै राम्रो फालिरहेको थिएँ । त्यसैले पनि डेब्यु गर्न पाउँछु भन्ने विश्वास थियो । आज खेलमा थोरै अवसर पाएपनि त्यस अनुसार बलिङ गर्न त सकिनँ । वर्षाका कारण पनि खेल रद्द हुन पुग्यो । अझै राम्रो गर्न सक्छु भन्ने छ,’ उनले अनुभव सुनाए ।

तुलबहादुरले इपिएलमा परेपछि नै उच्च मनोबल रहेपनि पछिल्ला खेलमा स्पिनरले संघर्ष गर्दा भने केहि चिन्तित रहेको बताए । ‘इपिएलमा अवसर पाएपछि मनोबल उच्च छ । हिजो र आजको खेलमा स्पिनरले खासै सहयोग नपाउँदा केहि चिन्ता लागेको थियो । आफ्नो प्रदर्शनमा नै ध्यान दिएँ । आजको खेल पूरा हुन नपाउँदा दुख लागेको छ । तर यो अनुभवले आउने दिनमा भने सहज हुनेछ,’ उनले सुनाए ।

को हुन् तुलबहादुर?

ट्यालेन्ट हन्टमार्फत भैरहवाको टोलीमा समावेश भएका तुलबहादुर थापा प्यूठानको नौबहिनी गाउँपालिका डाम्रीका हुन् । घरेलु क्रिकेट उनले दाङबाट खेल्ने गर्दछन् । प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका छन् । उनी नेपालका पूर्व क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीमा अभ्यास गर्ने गर्दछन् ।

तुलले करिअरको पहिलो फ्रेन्चाइज लिग खेल्दैछन् । गतवर्ष प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेश छनोटमा उनले दाङबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यो पनि : दुर्गेशको दमदार डेब्यु

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

Success

Thank you for your time.