4 years ago
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सका स्पिनर सागर ढकाल एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणको प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । चितवनलाई उपाधि दिलाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सागरले सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका हुन् । इपिएल अवार्डमा चितवनका खेलाडीको क्लिनस्विपनै रह्यो ।

सागरले बजाज पल्सर एनएस २ सय सिसी मोटर साइकल प्राप्त गरेका छन् । चितवनकै ब्याटर भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरी डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले ५१–५१ हजार प्राप्त गरे । चितवनलाई उपाधि जिताउन सागरले ७ खेलमा २६ ओभर बलिङ गद गर्दै कुल १ सय ४७ रन खर्चेर १४ विकेट लिएका थिए ।
सागर लिगमा सर्वाधिक विकेट लिने बलर हुन् । लिगमा सागरले विराटनगर वारियर्सविरुद्ध २ र काठमाडौं किंग्स इलेभेनविरुद्ध ४ विकेट लिएका थिए । ललितपुर प्याट्रियट्र्सविरुद्ध २, भैरहवाविरुद्ध १ र पोखराविरुद्ध क्वालिफायरमा ४ विकेट लिएका थिए । चितवनलाई उपाधि जिताउन कमलले ७ खेलमा १२ विकेट लिएका थिए । उनले ७ खेलमा २४.४ ओभर बलिङ गर्दै १ सय ५४ रन खर्चेका थिए ।
चितवनलाई उपाधि जिताउन कमलले फाइनलमा ४ विकेट लिएका थिए । ललितपुरविरुद्ध ३, पोखराविरुद्ध २ विकेट लिएका थिए । काठमाडौंविरुद्ध २३ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।

भीम सार्की प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनले ७ खेलमा ६ इनिङमा ब्याटिङ गर्दै कुल १ सय ९६ रन बनाएका थिए । फाइनलमा भीम सार्कीले ६३ रन बनाएका थिए । पोखराविरुद्ध लिगमा भीम ५४ रनमा अविजित रहे । विराटनगरविरुद्ध ३० र ललितपुरविरुद्ध महत्वपूर्ण २७ रन जोडेका थिए ।

चितवनले शनिवार फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । चितवन लिगमा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । क्वालिफायरमा चितवनले पोखरालाई ९ विकेटले पराजित फाइनलमा स्थान बनाएको थियो । विजेता चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]