default_image

3 years ago

October 13, 2021

पारस, ज्ञानेन्द्रसहित ५ जनाले क्रिकेट एकेडेमी ल्याउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित ५ जनाले खोल्ने क्रिकेट एकेडेमीको नाम क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) रहने भएको छ । गत साउनमा नेपाली क्रिकेट टोलीबाट सन्न्यास लिएका पारसले मंगलबार एकेडेमीको नाम र लोगो सार्वजनिक गरेका छन् । पारससँगै कप्तान ज्ञानेन्द्र मल्ल, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य छुम्बी लामा तथा पूर्व खेलाडी प्रफुल्ल […]

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित ५ जनाले खोल्ने क्रिकेट एकेडेमीको नाम क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) रहने भएको छ । गत साउनमा नेपाली क्रिकेट टोलीबाट सन्न्यास लिएका पारसले मंगलबार एकेडेमीको नाम र लोगो सार्वजनिक गरेका छन् ।

पारससँगै कप्तान ज्ञानेन्द्र मल्ल, नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य छुम्बी लामा तथा पूर्व खेलाडी प्रफुल्ल वैद्य र नगेन्द्र भट्टराई सहित पाँच जनाको टिमले सिइसी क्रिकेट एकेडेमी सञ्चालनमा ल्याउन लागेका हुन् । वैद्य धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सका मालिक हुन् । उनी आफ्नो जमानामा राष्ट्रिय स्तरका खेलाडी समेत थिए । त्यस्तै भट्टराई यसअघि बालुवाटार क्रिकेट एकेडेमीमा आवद्ध थिए । उनी सन् १९९६ मा पहिलो पटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएका थिए ।

सिइसी एकेडेमी बालुवाटारमा निर्माण हुनेछ । पारसका अनुसार उक्त एकेडेमी आगमी नोभेम्बर देखि सञ्चालनमा ल्याउने गरि तयारी भइरहेको छ । ‘पछिल्लो तीन चार महिनादेखि सबै काम भइरहेको छ । ठ्याक्कै यही मिति भन्ने यकिन भएको छैन । आशा गरौं नोभेम्बर अन्तिम सम्म सञ्चालनमा आउन सक्छ’, पारसले भने ।

‘धेरै वर्षदेखि मान्छेहरुले एउटा एकेडेमी खोल्नु भन्दै आउनु भएको छ । पहिला हामीसँग समय थिएन । अघिल्लो महिना एकेडेमी खोल्ने भएर मैले घोषणा गरेपछि राम्रो प्रतिक्रिया आएको छ’, पारसले भने ।

हाललाई एक मात्र एकेडेमी भएपनि आउने दिनमा नेपालभर फैलाउने योजना रहेको पारसले बताए । ‘एकेडेमीलाई नेपालभर लैजाने सोच र योजना छ । विभिन्न ठाउँबाट एकेडेमी खोल्न एउटा सकरात्मक संकेत दिनु भएको छ । पहिला एउटा स्थापित होस् । काठमाडौंमा नै शाखाहरु हुनसक्छन् । त्यसपछि नेपालभर लैजानेछौं,’ उनले भने ।

पारसले एकेडेमीको नियमित प्रशिक्षणसँगै ट्यालेन्ट हन्ट लगायत कार्यक्रम पनि सञ्चालन हुने जानकारी दिए । ‘खोलेर मात्र भएन । स्तरिय पनि हुनपर्यो । देशभरबाट ठाउँ ठाउँमा गएर ट्यालेन्ट हन्ट गर्ने छौं । त्यसपछि खेलाडीलाई लिएर आउनेछौं । होस्टेल सेवा सुविधा पनि छ । एकेडेमीसँगै पढाईलाई कसरी सहयोग गर्न सक्छौं । कतिपयलाई निशुल्क छात्रवृत्ति हुनसक्छ । केहिलाई प्रतिशतमा छुट हुनसक्छ । त्यसरीनै अगाडि बढ्नेछौं,’ पारसले भने ।

पारसले गत साउन १९ मा अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय सन्न्यासको घोषणा गरेका थिए । सन्न्यासपछि एक पत्रकार सम्मेलनमा पारसले एकेडेमी खोल्ने घोषणा गरेका थिए । पारस नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी र कप्तान हुन् । उनको कप्तानीमा नेपालले डिभिजन फाइभ देखि वान, टि२० विश्वकपदेखि ओडिआई मान्यतासम्म ठूला उपलब्धि दिलाएका थिए ।

यो पनि पढ्नुहोस् : पारस युगको अन्त्य

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.