default_image

4 years ago

October 25, 2021

‘पाकिस्तानले हामीलाई कुनै मौका दिएन’ – कोहली

173 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले आइसिसी टि२० विश्वकपमा पाकिस्तानसँग १० विकेटको हारपछि आफूहरुलाई उनीहरुले खेलमा कुनैपनि मौका नदिएको बताएका छन् ।

पाकिस्तानले आइतबार राती टि२० विश्वकपमा क्रिकेटको पावर हाउस भारतलाई १० विकेटले हराउँदै इतिहास रचेको थियो । विश्वकप इतिहासमा भारत पाकिस्तानसँग पहिलो पटक पराजित भएको भएको हो । ‘हामीले चाहेको कुराहरु राम्ररी पूरा गर्न सकेनौं । उनीहरुले आज साँच्चै राम्रो प्रदर्शन गरे’, कोहलीले हारपछि भने ।

‘उनीहरुले नयाँ बलका साथ उत्कृष्ट सुरुवात गरे । २० रनमा ३ विकेट गुमाउनी हाम्रो लागि राम्रो सुरुवात थिएन । हामीलाई खेलमा जितको लागि उनीहरुको सुरुवाती विकेट चाँहिएको थियो । तर उनीहरुले हामीलाई कुनैपनि मौका दिएनन्’, उनले भने ।

‘हामीलाई १५–२० रन एक्स्ट्रा (अतिरिक्त) रन चाहिएको थियो । तर पाकिस्तानका बलरहरुले ती अतिरिक्त रनहरु दिएनन् । शीतका साथ सुस्त बलर पनि प्रभावकारी हुन सकेनन् । यो प्रतियोगिता पहिलो खेल मात्र हो, अन्तिम होईन,’ कोहलीले भने ।

कोहलीले पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको प्रशंसा गरेका छन् । ‘शाहिनले नयाँ बलको साथ धेरै राम्रो बलिङ गरे । मलाई लाग्छ उनले विकेट लिन सहि क्षेत्रमा बल फ्याँलेका थिए । टि२० क्रिकेटमा नयाँ बलको साथ विकेट लिन राम्रो प्रदर्शन चाहिन्छ । उनलाई श्रेय दिनुपर्छ,’ कोहलीले भने, ‘हामीले सक्दो प्रयास गयौं । उनीहरुमाथि पर्याप्त दबाब सिर्जना गर्न खोजेका थियौं । तर उनीहरुसँग राम्रो जवाफ थियो । यो स्वीकार गर्न लाज लाग्दैन । एउटा टोलीले हामी भन्दा राम्रो खेलेको छ ।’

भारतले झण्डै एक हप्तापछि अर्को खेल खेल्नेछ । अब भारतले आइतबार न्युजिल्यान्डसँग दोस्रो खेल खेल्नेछ । यसले भारतलाई तयारीको लागि सहयोग पुग्ने कोहली बताउँछन् । आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह बी मा रहेको भारतले कुनैपनि विश्वकपमा पाकिस्तानसँग पहिलो पटक पराजित भएको हो ।

दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाएका थिए । पाकिस्तानका तीव्र गतिका युवा बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।

जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे ।

यसअघि पाकिस्तानले भारतसँग टि२० र एकदिवसिय विश्वकप कुनैपनि खेलमा जित हात पार्न सकेको थिएन । टि२० विश्वकपमा पाँच पटक प्रतिस्पर्धा गर्दा पाँचै पटक पराजित भएको थियो । एकदिवसिय विश्वकपमा ७ खेलमा ७ मानै पराजित भएको थियो ।

२००७ को समूह चरणमा पाकिस्तान भारतसँग बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) आधारमा पराजित भएको थियो । २००७ को टि२० विश्वकप फाइनलमा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । पाकिस्तानले अव मंगलबार न्युजिल्यान्डसँग खेल्नेछ ।

यो पनि पढ्नुहोस् : भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.