4 years ago
October 25, 2021
एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा भारतलाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ । विश्वकप इतिहासमा पाकिस्तानले भारतलाई पहिलो पटक पराजित गरेको हो । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले उपाधिको दाबेदार भारतमाथि ऐतिहासिक जितका साथ टि२० विश्वकपमा सानदार सुरुवात गरेको छ ।

दुबई इन्टरनेशल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । भारतका कप्तान विराट कोहलीले ४९ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाए । पाकिस्तानका तीव्र गतिका युवा बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए ।
जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो । ओपनर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्का सहित ७९ रनमा अविजित रहे । कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्का सहित ६८ रनमा अविजित रहे । पाकिस्तानले दोेस्रो खेल मंगलबार न्युजिल्यान्डसँग खेल्नेछ । भारतले आइतबार न्युजिल्यान्डसँग खेल्नेछ ।
यसअघि भारतले टि२० विश्वकप र एकदिवसिय विश्वकपमा पाकिस्तानसँग हार बेहोरेको थिएन । यसअघि टि२० विश्वकपमा ५ र ओडिआई विश्वकपमा ७ खेलमा शतप्रतिशत जित निकालेको थियो । टि२० आईमा यसअघि कुल ७ खेल हुँदा भारत एक खेलमा मात्र पराजित भएको थियो । पाकिस्तानको सानदार जितमा थुप्रै कीर्तिमान बनेका छन् । जसमा प्रमुख चार कीर्तिमान यस प्रकार छन् ।
१. टि२० विश्वकपमा उच्च ओपनिङ साझेदारी

पाकिस्तानलाई १० विकेटको जित दिलाउन ओपनर बाबर आजम र मोहम्मद रिजवानले १ सय ५२ रनको उत्कृष्ट अविजित शतकीय साझेदारी गरेका थिए । जुन पहिलो विकेटका लागि टि२० विश्वकपमा बनेको उच्च साझेदारीमा पर्दछ । टि२० विश्वकपकै दोस्रो ठूलो साझेदारीमा पर्दछ ।
यसअघि पहिलो विकेटको लागि टि२० विश्वकपमा २००७ मा वेस्टइन्डिजका ओपनर क्रिस गेल र डेभन स्मिथले दक्षिण अफ्रिकाविरुद्ध १ सय ४५ रनको साझेदारी गरेका थिए । टि२० विश्वकपमा उच्च साझेदारी २०१० को टि२० विश्वकपमा श्रीलंका महेला जयवर्धने र कुमार संगाकाराले वेस्टइन्डिजविरुद्ध दोस्रो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए ।
२. विकेटका रुपमा सर्वाधिक ठूलो जितको बराबरी

टि२० विश्वकपमा १० विकेटको जित निकाल्ने पाकिस्तान चौथो टोली हो । यसअघि अष्ट्रेलियाले २००७ मा १ सय २ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा श्रीलंकाविरुद्ध १० विकेटको जित हात पारेको थियो । २०१२ मा दक्षिण अफ्रिकाले जिम्बावेले प्रस्तुत गरेको ९४ रनको विजयी लक्ष्यमा पनि १० विकेटको जित हात पारेको थियो । २०२१ को पहिलो चरणमा ओमानले पपुवा न्युगिनीलाई पनि १ सय ३० रनको विजयी पछ्याउनेक्रममा १० विकेटले हराएको थियो ।
३. भारत पहिलो पटक १० विकेटले पराजित
टि२० आई क्रिकेट इतिहासमा भारतलाई १० विकेटले पराजित गर्ने पाकिस्तान पहिलो टोली बनेको छ । भारत यसअघि टि२० आई क्रिकेटमा कुनैपनि टोलीसँग १० विकेटले पराजित भएको थिएन ।
४. टि२० आईमा विकेटका रुपमा पाकिस्तानको सर्वाधिक ठूलो जित

टि२० आई इतिहासमा पाकिस्तान १० विकेटले पहिलो पटक विजयी भएको हो । त्यस्तै भारतविरुद्ध पाकिस्तानको यो सर्वाधिक ठूलो जित हो । यसअघि टि२० आईमा भारतविरुद्ध पाकिस्तान १ खेलमा मात्र विजयी भएको थियो । २०१३ मा दुई टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]