default_image

4 years ago

October 25, 2021

स्कटल्यान्डलाई अफगानिस्तानको विशाल लक्ष्य

158 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप अन्तर्गत समूह २ को सुपर १२ को पहिलो खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन जोड्यो । मध्यक्रमका ब्याट्सम्यान नाजिबुल्लाह जद्रानले आक्रामक अर्धशतक प्रहार गरेका थिए । इनिङको अन्तिम बलमा आउट हुनुअघि उनले ३४ बलमा ५९ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

गत महिना नेपालमा सम्पन्न एभरेस्ट प्रिमियर लिग खेल्न आएका मोहमद शाहजाद र रहमानुल्लाह गुर्बाजले पनि आक्रामक ब्याटिङ गरे । ओपनर शाहजादले १५ बलमा २ चौका र १ छक्कासहित २२ रन जोडे । गुर्बाजले १ चौका र ४ छक्काको मदतले ३७ बलमा ४६ रनको योगदान दिए । अर्का ओपनर हज्रतुल्लाह जजाईले ३० बलमा ३-३ चौका र छक्कासहित ४४ रन जोडेका थिए ।

स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.