default_image

4 years ago

October 25, 2021

मुजिब र राशिदसामु स्कटल्यान्ड निरिह

172 views

0 Bookmark

एजेन्सी – स्पिनरद्वय मुजिब उर रहमान र राशिद खानले कुल ९ विकेट लिएपछि स्कटल्यान्ड टि२० विश्वकपको सुपर १२ अन्तर्गत पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको छ । सोमबार शारजाहमा भएको खेलमा अफगानिस्तानले १ सय ३० रनको सानदार जित हासिल गरेको हो ।

जितका लागि १ सय ९१ रनको विशाल लक्ष्य पछ्याएको स्कटल्यान्ड १०.२ ओभरमा मात्र ६० रन जोड्दै अलआउट भयो । ओपनर जर्ज मुन्सेले १८ बलमा २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । स्पिनर मुजिब उर् रहमानको बलिङसामु स्कटल्यान्डको ब्याटिङ क्रम धराशायी भएको थियो । मुजिबले शीर्ष ४ ब्याट्सम्यानसहित कुल ५ विकेट लिएका थिए । राशिदले पनि तल्लोक्रमका ४ ब्याट्सम्यानलाई आउट गरे ।

कप्तान काइल कोट्जरलाई मुजिबले चौथो ओभरमा बोल्ड गर्दै सुरु भएको विकेट पतन लगातार जारी रहेको थियो । २८ रन जोड्दा कोट्जरलाई गुमाएको स्कटल्यान्डले त्यसपछि २ रन जोड्दा ४ विकेट गुमायो । क्यालम मक्लोड, रिची बेरिङटन र म्याथु क्रस लगातार खाता नखोली आउट भएका थिए ।

मुनसे पनि २५ रन जोड्दै मुजिबको बलमा बोल्ड भए । त्यसपछि राशिदले माइकल लिस्क (०), क्रिस ग्रिभ्स (१), जोस डेभि (४) र ब्राड व्हिल (०) लाई पेभेलियन फर्काएका थिए । मुजिबले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिए । राशिदले २.२ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । नविन उल हकको नाममा १ विकेट रहयो ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रन जोडेको थियो । मध्यक्रमका ब्याट्सम्यान नाजिबुल्लाह जद्रानले आक्रामक अर्धशतक प्रहार गरेका थिए । इनिङको अन्तिम बलमा आउट हुनुअघि उनले ३४ बलमा ५९ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

गत महिना नेपालमा सम्पन्न एभरेस्ट प्रिमियर लिग खेल्न आएका मोहमद शाहजाद र रहमानुल्लाह गुर्बाजले पनि आक्रामक ब्याटिङ गरे । ओपनर शाहजादले १५ बलमा २ चौका र १ छक्कासहित २२ रन जोडे । गुर्बाजले १ चौका र ४ छक्काको मदतले ३७ बलमा ४६ रनको योगदान दिए । अर्का ओपनर हज्रतुल्लाह जजाईले ३० बलमा ३-३ चौका र छक्कासहित ४४ रन जोडेका थिए । स्कटल्यान्डका लागि सफ्यान सरिफले २ विकेट तथा जोश डेभि र मार्क वाटले १-१ विकेट लिए ।

यस जितसँगै अफगानिस्तान समूह २ को शीर्षस्थानमा उक्लिएको छ । यसअघि आइतबार पाकिस्तानले भारतलाई १० विकेटले हराउँदै २ अंक जोडेको थियो । अर्को समूहमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई, अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई र बंगलादेशले वेस्ट इन्डिजलाई पराजित गरेका थिए ।

मंगलबार पहिलो खेलमा दिउँसो ३:४५ बजे दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्नेछ । त्यस्तै साँझ ७:४५ बजे हुने खेलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.