4 years ago
October 26, 2021
एजेन्सी – वेस्टइन्डिजले आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को खेलमा दक्षिण अफ्रिकालाई १ सय ४४ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

वेस्टइन्डिजका ओपनर इविन लेविसले ३५ बलमा ३ चौका र ६ छक्का सहित सर्वाधिक ५६ रन बनाए । कप्तान काइरन पोलार्डले २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए । वेस्टइन्डिजलाई ओपनर इविन लेविस र लेन्डन सिमन्सले पहिलो विकेटका लागि १०.३ ओभरमा ७३ रनको सुरुवात दिलाएका थिए ।
सुरुवाती तीन ओभरमा मात्र ६ रन जोडेको वेस्टइन्डिजलाई त्यसपछि लेविसले आक्रामक ब्याटिङका साथ इनिङ उकासेका थिए । लेविस स्पिनर केशव महाराजको बलमा डिप मिडविकेटमा कगिसो रबाडाबाट क्याच आउट हुन पुगेका थिए । निकोलस पुरन ७ बलमा २ चौका सहित १२ रनमा क्याच आउट भए ।
ओपनर सिमन्स ३५ बलमा मात्र १६ रन बनाउँदै बोल्ड आउट भए । सुरुवात देखिनै क्रिजमा रन जोड्न निकै संघर्ष गरेका सिमन्सलाई १४ औं ओभरको दोस्रो बलमा रबाडाले बोल्ड आउट गरेका थिए । ड्वेन प्रिटोरियसको १८ औं ओभरको पहिलो बलमा क्रिस गेल ठूलो सट खेल्ने धुनमा एज लागेर विकेटकिपर हेनरिक क्लासेनबाट १२ रनमा समातिए ।
तीव्र गतिका बलर एनरिच नोर्कियाले १९ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई ५ रनमा बोल्ड आउट गरे । एक बलपछि शिम्रन हेटमायर १ रनमा रन आउट भए । ड्वेन ब्राभो ८ रनमा अविजित रहे ।
दक्षिण अफ्रिका तीव्र गतिका बलर ड्वेन प्रिटोरियसले २ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर केशव महाराजले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाको नाममा १ विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]