default_image

4 years ago

October 26, 2021

वेस्टइन्डिजमाथि दक्षिण अफ्रिकाको सानदार जित

162 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को समूह ए को खेलमा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ । लगातार दोस्रो हारसँगै साविक विजेता तथा दुई पटकको टि२० विश्वकप च्याम्पियन वेस्टइन्डिजलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न कठिन पर्ने भएको छ ।


जितको लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । दक्षिण अफ्रिका जितमा दक्षिण अफ्रिका युवा ब्याटर एडेन माक्ररम २६ बलमा २ चौका र ४ छक्का सहित ५१ रनमा अविजित रहे । रास्सी भान डर डुसेन ५१ बलमा ३ चौका सहित ४३ रनमा अविजित रहे ।

तेस्रो विकेटका लागि माक्ररम र डुसेनले ८३ रनको अविजित साझेदारी गर्दै जित पक्का गराए । ओपनर तथा कप्तान टेम्बा बभुमा पहिलो ओभरको अन्तिम बलमा २ रनमा रन आउट भएका थिए । दोस्रो विकेटका लागि रिजा हेन्ड्रिक्स र रास्सी भान डर डुसेनले ५७ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए । स्पिनर अकिल हुसैनको दशौं ओभरको दोस्रो बलमा हेन्ड्रिक्स ३९ रनमा शिम्रन हेटमायरबाट क्याच आउट हुन पुगे । उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । वेस्टइन्डिजका ओपनर इविन लेविसले ३५ बलमा ३ चौका र ६ छक्का सहित सर्वाधिक ५६ रन बनाए । कप्तान काइरन पोलार्डले २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए । वेस्टइन्डिजलाई ओपनर इविन लेविस र लेन्डन सिमन्सले पहिलो विकेटका लागि १०.३ ओभरमा ७३ रनको सुरुवात दिलाएका थिए ।

सुरुवाती तीन ओभरमा मात्र ६ रन जोडेको वेस्टइन्डिजलाई त्यसपछि लेविसले आक्रामक ब्याटिङका साथ इनिङ उकासेका थिए । लेविस स्पिनर केशव महाराजको बलमा डिप मिडविकेटमा कगिसो रबाडाबाट क्याच आउट हुन पुगेका थिए । निकोलस पुरन ७ बलमा २ चौका सहित १२ रनमा क्याच आउट भए ।

ओपनर सिमन्स ३५ बलमा मात्र १६ रन बनाउँदै बोल्ड आउट भए । सुरुवात देखिनै क्रिजमा रन जोड्न निकै संघर्ष गरेका सिमन्सलाई १४ औं ओभरको दोस्रो बलमा रबाडाले बोल्ड आउट गरेका थिए । ड्वेन प्रिटोरियसको १८ औं ओभरको पहिलो बलमा क्रिस गेल ठूलो सट खेल्ने धुनमा एज लागेर विकेटकिपर हेनरिक क्लासेनबाट १२ रनमा समातिए ।

तीव्र गतिका बलर एनरिच नोर्कियाले १९ औं ओभरको दोस्रो बलमा आन्द्रे रसेललाई ५ रनमा बोल्ड आउट गरे । एक बलपछि शिम्रन हेटमायर १ रनमा रन आउट भए । ड्वेन ब्राभो ८ रनमा अविजित रहे ।

दक्षिण अफ्रिका तीव्र गतिका बलर ड्वेन प्रिटोरियसले २ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । स्पिनर केशव महाराजले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाको नाममा १ विकेट रह्यो ।

पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकाले आफ्नो तेस्रो खेल शनिबार श्रीलंकासँग खेल्नेछ । वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो । वेस्टइन्डिजले शुक्रबार बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्न अव वेस्टइन्डिजलाई बाँकी तीन खेलको जित मात्र पर्याप्त हुने छैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड १ खेलमा २ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका पनि १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । १ खेलमा २ अंकका साथ अष्ट्रेलिया तेस्रो स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ चौथो स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.