default_image

4 years ago

October 26, 2021

रौफको घातक बलिङसँगै न्युजिल्यान्ड सस्तैमा रोकियो

161 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर हरिस रौफको घातक बलिङसँगै आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ अन्तर्गत न्युजिल्यान्डले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १ सय ३५ रनको सामान्य लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनायो ।

न्युजिल्यान्डका डेभन कन्वेले २४ बलमा ३ चौका सहित सर्वाधिक २७ रन बनाए । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र ड्र्याल मिचेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ३६ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर हरिस रौफले गुप्टिललाई १७ रनमा बोल्ड आउट गर्दै पाकिस्तानलाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि न्युजिल्यान्डका कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् । गुप्टिल बोल्ड हुनुअघि २० बलमा ३ चौका प्रहार गरे ।

स्पिनर ईमाद वासिमले नवौं ओभरको दोस्रो बलमा ड्र्याल मिचेललाई फखार जमानबाट २७ रनमा क्याच गराए । मिचेलले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरको पहिलो बलमा मोहम्मद अफिजले जमानबाट जेम्स निशम १ रनमा क्याच आउट गराएपछि न्युजिल्यान्ड समस्यामा परेको थियो ।

१४ औं ओभरको पहिलो बलमा कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगेका थिए । न्युजिल्यान्डका प्रमुख ब्याटर केनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । तल्लोक्रमका ग्लेन फिलिप्स १३, टिम सिफर्ट ८ र मिचेल सान्टनर ४ रनमा आउट भए ।

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार पहिलो खेलमा भारतलाई १० विकेटले हराउँदै सानदार सुरुवात गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.