4 years ago
October 31, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को खेलमा सुपर १२ को खेलमा अफगानिस्तानले नामिबियालाई १ सय ६१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनायो ।

अफगानिस्तानका ओपनर मोहम्मद शाहजादले ३३ बलमा ३ चौका र २ छक्का सहित सहित सर्वाधिक ४५ रनको योगदान दिए ।अफगानिस्तानबाट आफ्नो अन्तिम खेल खेलेक पूर्व कप्तान अस्गर अफगानले २३ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा आउट भए । यसै खेलमार्फत अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । कप्तान मोहम्मद नाबी १७ बलमा ५ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे ।
अफगानिस्तानलाई ओपनर हज्रातुल्लाह जजाई र मोहम्मद शाहजादले पहिलो विकेटको लागि ६.४ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेजे स्मितले जजाईलाई ३३ रनमा माइकल भ्यान लिङ्गेनबाट क्याच गराउँदै नामिबियालाई पहिलो सफलता दिलाएका थिए । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटपछि अफगानिस्तानको रनको गतिमा केहि गिरावाट आएको थियो ।
स्पिनर लोफ्टी ईटनले दशौं ओभरको पाँचौं बलमा रहमानउल्लाह गुर्बाजलाई ४ रनमा एलबीडब्लू आउट गरे । तीव्र गतिका बलर रुबेल ट्रम्पलम्यानले मोहम्मद शाहजदलाई क्याच आउट गराएका थिए । १६ आंैं ओभरको चौथो बलमा ईटनले नाजिबुउल्लाह जद्रानलाई ७ रनमा एलबीडब्लू आउट गरेका थिए ।
करिअरको अन्तिम खेल खेलेका अस्गर अफगान १९ औं ओभरको अन्तिम बलमा लिङ्गेनबाट क्याच आउट भएका थिए । नामिबियाका जान निकोल लोफ्टी ईटनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । रुबेल ट्रम्पलम्यानले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । जे जे स्मितले ३ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]