default_image

4 years ago

October 31, 2021

नामिबियामाथि अफगानिस्तानको सहज जित

268 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा नामिबियामाथि ६२ रनको सहज जित निकालेको छ । सुपर १२ को समूह २ मा रहेको अफगास्तिान ४ अंकका साथ दोस्रो स्थानमा छ ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनाउन सक्यो । नामिबियाका लागि पूर्व दक्षिण अफ्रिकी क्रिकेटर डेविड विसेले ३० बलमा २ चौका सहित सर्वाधिक २६ रन बनाए । विसे बाहेक अन्य नामिबियाका ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर क्रेग विलियम्स १ र माइकल भ्यान लिङ्केन ११ रनमा आउट भएका थिए । लोफ्टी ईटन १४, कप्तान गेरहार्ड इरास्मस १२ र जेन ग्रिन १ र जेजे स्मित शून्यमा आउट भए ।

अफगानिस्तानका तीव्र गतिका बलर नविन उल हकले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । अर्का तीव्र गतिका बलर हामिद हसनले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । गुलबदीन नईबले २ र राशिद खानले १ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । अफगानिस्तानका ओपनर मोहम्मद शाहजादले ३३ बलमा ३ चौका र २ छक्का सहित सहित सर्वाधिक ४५ रनको योगदान दिए ।

अफगानिस्तानबाट आफ्नो अन्तिम खेल खेलेक पूर्व कप्तान अस्गर अफगानले २३ बलमा ३ चौका र १ छक्का सहित ३१ रनमा आउट भए । यसै खेलमार्फत अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । कप्तान मोहम्मद नाबी १७ बलमा ५ चौका र १ छक्का सहित ३२ रनमा अविजित रहे ।

अफगानिस्तानलाई ओपनर हज्रातुल्लाह जजाई र मोहम्मद शाहजादले पहिलो विकेटको लागि ६।४ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जेजे स्मितले जजाईलाई ३३ रनमा माइकल भ्यान लिङ्गेनबाट क्याच गराउँदै नामिबियालाई पहिलो सफलता दिलाएका थिए । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटपछि अफगानिस्तानको रनको गतिमा केहि गिरावाट आएको थियो ।

स्पिनर लोफ्टी ईटनले दशौं ओभरको पाँचौं बलमा रहमानउल्लाह गुर्बाजलाई ४ रनमा एलबीडब्लू आउट गरे । तीव्र गतिका बलर रुबेल ट्रम्पलम्यानले मोहम्मद शाहजदलाई क्याच आउट गराएका थिए । १६ आंैं ओभरको चौथो बलमा ईटनले नाजिबुउल्लाह जद्रानलाई ७ रनमा एलबीडब्लू आउट गरेका थिए ।

करिअरको अन्तिम खेल खेलेका अस्गर अफगान १९ औं ओभरको अन्तिम बलमा लिङ्गेनबाट क्याच आउट भएका थिए । नामिबियाका जान निकोल लोफ्टी ईटनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । रुबेल ट्रम्पलम्यानले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । जे जे स्मितले ३ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

अफगनिस्तानले पहिलो खेलमा स्कटल्यान्डलाई १ सय ३० रनको फराकिलो अन्तरले हराएको थियो । दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित हुन पुगेको थियो । अफगानिस्तानले अव बुधबार भारत र आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । उक्त दुबै खेलमा विजयी भएमा अफगानिस्तान शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्नेछ ।

नामिबियाले पहिलो खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराएको थियो । नामिबियाले अव मंगलबार पाकिस्तान, शुक्रबार न्युजिल्यान्ड र सोमबार भारतसँग खेल्नेछ । नामिबिया पहिलो चरणको समूह ए बाट उपविजेताको रुपमा सुपर १२ मा स्थान बनाएको थियो ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ ।

श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । अंक बिहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन् । आजको दोस्रो खेलमा न्युजिल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.