default_image

4 years ago

October 31, 2021

भारतले टस हार्यो, टोलीमा दुई परिवर्तन

145 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ को समूह २ मा को महत्वपूर्ण खेलमा भारतले न्युजिल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । न्युजिल्यान्डले टोलीमा एक परिवर्तन गरेको छ । टिम सिफर्टको स्थानमा एडम मिल्नेलाई मौका दिएको छ ।

भारतले टोलीमा दुई परिवर्तन गरेको छ । सूर्य कुमार यादवको स्थानमा ईशान किशनलाई मौका दिएका छन् । बायाँ हाते ब्याटर ईशान किशन टोलीमा हुँदा भारतको ब्याटिङ सन्तुलित हुनेछ । बलिङ सन्तुलन बनाउन भुवनेश्वर कुमारको स्थानमा शार्दूल ठाकुरलाई मौका दिएको छ । ठाकुरको आगमनले भारतको ब्याटिङमा थप गहिराई बनेको छ ।

दुबै टोलीलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न आजको खेल जित्नै पर्ने दबाब छ । यी दुई देशको लागि यो खेल क्वाटरफाइनल सरह हुने छ । समूह २ बाट पाकिस्तानले सुरुवाती ३ खेलमानै जितका साथ सेमिफाइनल पक्का जस्तै बनाएको छ । प्रतिद्धन्द्धी हेर्दा भारत र न्युजिल्यान्ड मध्य एक सेमिफाइनलमा पुग्ने देखिन्छ । यो अवस्थामा दुबै टोलीलाई जित बाहेकको अन्य कुनै विकल्प छैन । कुनै आश्चर्य र जादुमय नतिजा नआए आजको पराजित हुने टोली समूह चरणबाटै बाहिरिने समीकरण देखिन्छ । भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । न्युजिल्यान्ड पनि पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

आइसिसी प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई पछिल्लो १८ वर्षमा हराउन सकेको छैन । गत जुनमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्यान्डले टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो । शैली फरक भएपनि मनोबलले भने धेरै प्रभाव पार्नेछ । २०१९ को एकदिवसिय विश्वकप सेमिफाइनलमा भारतलाई हराउँदै न्युजिल्यान्डले फाइनलमा स्थान बनाएको थियो । सिरिजहरुमा कमजोर प्रदर्शन गरेपनि आइसिसी प्रतियोगितामा न्युजिल्यान्डले उच्च प्रदर्शन गर्दै आएको छ ।

भारतको प्लेइङ ११

विराट कोहली (कप्तान), रोहित शर्मा, लोकेश राहुल, ईशान किशन, ऋषभ पन्त (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, बरुण चक्रवर्ती, जस्प्रित बुमराह, शार्दूल ठाकुर र मोहम्मद शामी ।

न्युजिल्यान्डको प्लेइङ ११

केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, डेभन कन्वे, मार्टिन गुप्टिल, ड्र्याल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, मिचेल सान्टनर, टिम साउथी, ईस सोधी, एडम मिल्ने ।

हेड टु हेड

न्युजिल्यान्ड र भारतबीच कुल १६ टि२० आई खेल भएको छ । दुबै टोली ८–८ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच टि२० खेलमा न्युजिल्यान्डले भारतलाई हराउन सकेको छैन । टि२० विश्वकपमा यी दुई टोलीबीच दुई खेल भएको छ । जसमा दुबै खेलमा न्युजिल्यान्ड विजयी भएको छ । न्युजिल्यान्ड २००७ मा १० रन र २०१६ मा ४७ रनले विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.