4 years ago
October 31, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा भारतले सुपर १२ को समूह २ मा महत्वपूर्ण खेलमा न्युजिल्यान्डलाई १ सय ११ रनको सामान्य विजयी लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाउन सक्यो । विश्वस्तरिय ब्याटरले भरिभराउ भारतीय टोलीले न्युजिल्यान्डको बलिङ सामू लज्जास्पद ब्याटिङ गर्दै महत्वपूर्ण खेलमा सामान्य योगफलमै समेटिएको छ । भारतका रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २६ रनमा अविजित रहे । हार्दिक पान्ड्याले २४ बलमा १ चौका सहित २३ रन बनाए ।
ओपनर ईशान किशनलाई तेस्रो ओभरको पाँचौं बलमा ट्रेन्ट बोल्टले डर्याल मिचेलबाट ४ रनमा क्याच गराउँदै न्युजिल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । लगत्तै अर्को बलमा पुल सट खेलेका रोहित शर्माको क्याच एडम मिल्नेले क्याच ड्रप गरेपछि गोल्डेन डकबाट बचेका थिए ।
तीव्र गतिका बलर टिम साउथीले छैटौं ओभरको पाँचौं बलमा अर्का ओपनर लोकेश राहुललाई १८ रनमा डर्याल मिचेलबाटै क्याच गराएका थिए । राहुलले १६ बलमा ३ चौका प्रहार गरे । ठूलो सट खेल्ने धुनमा राहुल डीप स्क्वायर लेगमा समातिन पुगेका थिए ।

पहिलो बलमै जीवनदान पाएका रोहित शर्मा १४ रनमै आउट हुन पुगे । स्पिनर ईश सोधीको बलमा रोहित मार्टिन गुप्टिलबाट क्याच भएपछि भारत समस्यामा परेको थियो । रोहितले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । स्पिनर ईश सोधीको ११ औं ओभरको पहिलो बलमा विराट कोहली ठूलो सट खेल्ने धुनमा बोल्टबाट लङअनमा ९ रनमा क्याच आउट भएपछि भारत संकटमा परेको थियो । कोहलीले १७ बल खेलेका थिए ।
मिल्नेले ऋषभ पन्तलाई १२ रनमा बोल्ड आउट गरे । १९ बल खेलेका पन्तले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । पन्त बोल्ड आउट हुँदा भारत १४.३ ओभरमा ७०–५ को अवस्थामा पुगेको थियो । भारतले खेलमा ५.१ ओभरपछि १७ ओभरको अन्तिम बलमा बाउन्ड्रीको रुपमा चौका प्रहार गरेको थियो । पहिलो पावर प्लेमा अर्थात सुरुवाती ६ ओभरमा भारत ३५–२ को अवस्थामा थियो । तर त्यसपछि खराब ब्याटिङका साथ सामान्य योगफलमा समेटिएको थियो ।
न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । स्पिनर ईश सोधीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । एडम मिल्ने र टिम साउथीले १–१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]