default_image

4 years ago

October 31, 2021

भारतमाथि न्युजिल्यान्डको सानदार जित

195 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा भारतमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । लगातार दोस्रो लज्जास्पद हारसँगै उपाधिको दाबेदार भारत भने समूह चरणबाटै बाहिरिने सम्भावना उच्च बढेको छ ।

जितको लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले ३५ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सन ३१ बलमा ३ चौका सहित ३३ रनमा अविजित रहे ।

अर्का ओपनर मार्टिन गुप्टिल १७ बलमा ३ चौका सहित २० रनमा आउट भएका थिए । तीव्र गतिका बलर जस्पित्र बुमराह चौथो ओभरको चौथो बलमा गुप्टिल शार्दुल ठाकुरबाट क्याच आउट भएका थिए । बुमराहलेनै १३ औं ओभरको चौथो बलमा मिचेललाई लोकेश राहुलबाट लङअनमा क्याच गराएपछि अर्धशतक बनाउन एक रनले चुकेका थिए । भारतका जस्प्रित बुमराहले २ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १० रन मात्र बनाउन सकेके थियो । विश्वस्तरिय ब्याटरले भरिभराउ भारतीय टोलीले न्युजिल्यान्डको बलिङ सामू लज्जास्पद ब्याटिङ गर्दै महत्वपूर्ण खेलमा सामान्य योगफलमै समेटिएपछि लज्जास्पद हार बेहोरेको हो । भारतका अलराउन्डर रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक २६ रनको योगदान दिए । हार्दिक पान्ड्याले २४ बलमा १ चौका सहित २३ रन बनाए ।

ओपनर ईशान किशनलाई तेस्रो ओभरको पाँचौं बलमा ट्रेन्ट बोल्टले डर्याल मिचेलबाट ४ रनमा क्याच गराउँदै न्युजिल्यान्डलाई पहिलो सफलता दिलाएका थिए । लगत्तै अर्को बलमा पुल सट खेलेका रोहित शर्माको क्याच एडम मिल्नेले क्याच ड्रप गरेपछि गोल्डेन डकबाट बचेका थिए । तीव्र गतिका बलर टिम साउथीले छैटौं ओभरको पाँचौं बलमा अर्का ओपनर लोकेश राहुललाई १८ रनमा डर्याल मिचेलबाटै क्याच गराएका थिए । राहुलले १६ बलमा ३ चौका प्रहार गरे । ठूलो सट खेल्ने धुनमा राहुल डीप स्क्वायर लेगमा समातिन पुगेका थिए ।

पहिलो बलमै जीवनदान पाएका रोहित शर्मा १४ रनमै आउट हुन पुगे । स्पिनर ईश सोधीको बलमा रोहित मार्टिन गुप्टिलबाट क्याच भएपछि भारत समस्यामा परेको थियो । रोहितले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । स्पिनर ईश सोधीको ११ औं ओभरको पहिलो बलमा विराट कोहली ठूलो सट खेल्ने धुनमा बोल्टबाट लङअनमा ९ रनमा क्याच आउट भएपछि भारत संकटमा परेको थियो । कोहलीले १७ बल खेलेका थिए ।

मिल्नेले विकेटकिपर ऋषभ पन्तलाई १२ रनमा बोल्ड आउट गरे । १९ बल खेलेका पन्तले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । पन्त बोल्ड आउट हुँदा भारत १४.३ ओभरमा ७०–५ को अवस्थामा पुगेको थियो । भारतले खेलमा ५.१ ओभरपछि १७ ओभरको अन्तिम बलमा बाउन्ड्रीको रुपमा चौका प्रहार गरेको थियो । पहिलो पावर प्लेमा अर्थात सुरुवाती ६ ओभरमा भारत ३५–२ को अवस्थामा थियो । तर त्यसपछि खराब ब्याटिङका साथ सामान्य योगफलमा समेटिएको थियो ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । स्पिनर ईश सोधीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । एडम मिल्ने र टिम साउथीले १–१ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । भारतले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । भारतले बाँकी तीनै खेलमा विजयी हुँदा पनि ६ अंक हुनेछ । अव भारतको सेमिफाइनल यात्रा न्युजिल्यान्डको नतिजामा भर पर्नेछ । न्युजिल्यान्ड पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

न्युजिल्यान्डले अव अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । तीनै खेलमा विजयी भएमा न्युजिल्यान्ड सोझैं सेमिफाइनलमा पुग्नेछ । पाकिस्तान सुरुवाती तीन खेलमा तीनमा जितका साथ सेमिफाइनल पक्कानै बनाएको छ । औपचारिकता बाँकी छ । अफगानिस्तानले भारत र न्युजिल्यान्डसँग खेल्नेछ । जसले गर्दा अफगानिस्तानको सम्भावना भने कठिन देखिन्छ ।

अंक तालिका

सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.