default_image

4 years ago

November 1, 2021

भारतको हातमा छैन सेमिफाइनल पुग्ने समिकरण

216 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा उपाधिको प्रमुख दाबेदार भारत समूह चरणबाटै बाहिरिने उच्च सम्भावना छ । सुपर १२ को समूह २ मा रहेको भारतले लगातार दुई लज्जास्पद हार बेहोरेपछि अघिल्लो चरण निकै कठिन बनेको छ ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । आफ्नो विश्वकप इतिहासमा भारत पाकिस्तानसँग पहिलो पटक पराजित भएको थियो । जित्नै पर्ने खेलमा आइतबार न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि भारतको अघिल्लो चरण निकै कठिन बनेको हो ।

अब भारतले आफ्नो बाँकी तीन खेलमा जित निकालेर मात्र सेमिफाइनलमा पुग्न सक्दैन । अफगानिस्तान र न्युजिल्यान्डको नतिजामा पूर्ण रुपमा निर्भर रहनुपर्छ । भारतको अर्को चरण पुग्ने झिनो अंक गणीतिय आशा मात्र बाँकी छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान शीर्षस्थानमा छ । पाकिस्तानले प्रमुख तीन टोली भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनल यात्रा सहज बनाएको हो । पाकिस्तानले अब मंगलबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ । पाकिस्तान शत प्रतिशत जितका साथ शीर्ष स्थानमा सेमिफाइनल खेल्ने निश्चित जस्तै छ ।

अफगानिस्तान, भारत र न्युजिल्यान्ड मध्य एक टोली सेमिफाइनलमा पुग्नेछन् । न्युजिल्यान्डको सर्वाधिक बलियो सम्भावना छ । न्युजिल्यान्डले अव अफगानिस्तान, स्कटल्यान्ड र नामिबियासँग खेल्नेछ । बाँकी तीनै खेलमा न्युजिल्यान्ड विजयी भएको खण्डमा ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ सेमिफाइनल खेल्नेछ । न्यजिल्यान्ड बाँकी तीनै खेलमा विजयी भएमा भारत समूह चरणबाटै सोझैं घर फर्किनेछ । भारतले बुधबार अफगानिस्तान, शुक्रबार स्कटल्यान्ड र सोमबार नामिबियासँग खेल्नेछ ।

भारत यी तीन खेलमा विजयी भएमा जम्मा ६ अंक हुनेछ । त्यसले गर्दा निकै कठिन देखिन्छ । न्युजिल्यान्ड अप्रत्याशित रुपमा अफगातिस्तानसँग पराजित भएमा पनि भारतलाई खासै फाइदा पुग्ने छैन । किनभने भारतको नेटरनरेट कमजोर र अफगानिस्तानको बलियो छ । अफगानिस्तानको नेटरनरेट प्लस ३.०९७ छ । भारतको माइनस १.२८७ छ । यो अवस्थामा भारतको सम्भावना निकै कम देखिन्छ ।

सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्डको सेमिफाइनल पक्का जस्तै छ । इंग्ल्यान्डले आज श्रीलंका र शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिका र अष्ट्रेलिया मध्य एक टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । दुवै टोलीको समान ३ खेलमा २ मा जित र १ मा हार सहित दक्षिण अफ्रिका दोस्रो र नेटरनरेटको आधारमा अष्ट्रेलिया तेस्रो स्थानमा छ ।
अष्ट्रेलियाले अव बिहीबार बंगलादेश र शनिबार वेस्टइन्डिजसँग खेल्नेछ ।

यी दुबै खेलमा विजयी भएको खण्डमा भने अष्ट्रेलियाको ८ अंक हुनेछ । तर दक्षिण अफ्रिकाको नतिजा पर्खनुपर्छ । दक्षिण अफ्रिकाले मंगलबार बंगलादेश र शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । दक्षिण अफ्रिकाको पनि दुबै खेलमा विजयी भएमा ८ अंक हुनेछ । जसमा नेटरनरेट निर्णायक बन्न सक्छ । वेस्टइन्डिज र श्रीलंका पनि ६–६ अंकका साथ सेमिफाइनल खेल्ने झिनो आशामा बसेका छन् । बंगलादेश भने सुरुवाती तीन हारसँगै बाहिरीसकेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.