4 years ago
November 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि नेपाल क्रिकेट संघ (क्यान) ले मागेको खुल्ला आवेदनमा कुल ६० जनाले नाम दिएका छन् । गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्यानले कात्तिक १ मा खुल्ला आवेदन माग गरेको थियो । आवेदनको समय आइतबार सकिँदा ६० जनाले नाम दिएका हुन् ।

यस पटक देभ ह्वाटमोर स्तरका प्रशिक्षक नभएको बुझिएको छ । हाम्रो खेलकुदलाई प्राप्त जानकारी अनुसार नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायिकले देखि भारतीय मोन्टी देशाई सम्मकाले आवेदन दिएका छन् । अव आवेदन दिएका मध्य क्यान छनोट समितिले सर्ट लिर्ट तयार पार्नेछ । सर्ट लिष्ट तयार पारेपछि अन्तरवार्ता लिनेछ । त्यसपछि मात्र नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनेछन् ।
क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको माग गरेको थियो । गत पुषमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका ह्वाटमोरले भदौमा ओमान भ्रमणपछि लागु हुने गरि नेपाली टोली छाडेका थिए । असोजमा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकासँग सिरिजसँगै उनले नेपाली टोली छाडेका थिए । ह्वाटमोरको नौं महिना कार्यकालमा नेपालले दुई अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । नेपाली ब्याटिङमा सुधार र ओपनर समस्या समाधान उनले गरेका परिवर्तनमा पर्दछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]