default_image

4 years ago

November 1, 2021

श्रीलंकालाई हराउँदै सेमिफाइनलमा पुग्ने सोचमा इंग्ल्यान्ड

139 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ सोमबार एक मात्र खेलमा इंग्ल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ः ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । उपाधिको दाबेदार इंग्ल्यान्ड लगातार चौथो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बेन्ने सोचमा छ ।

सुपर १२ को समूह १ मा रहेको श्रीलंकालाई सेमिफाइनको झिनो आशा कायमै राख्न यो खेल जित्नै पर्ने दबाब छ । यस खेलमा पराजित भएमा श्रीलंका औपचारिक रुपमा बाहिरिनेछ । इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित २ अंकका साथ चौथो स्थानमा छ । इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट, दोस्रो खेलमा बंगलादेश र तेस्रो खेलमा अष्ट्रेलियालाई समान ८ विकेटले पराजित गरेको थियो ।

पहिलो चरणको समूह ए को विजेता श्रीलंकाले सुपर १२ को पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले हराएको थियो । अष्ट्रेलियासँग ७ विकेट र दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएपछि श्रीलंकाको अघिल्लो चरण कठिन बनेको हो । इंग्ल्यान्डले जारी विश्वकपमा सानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । अष्ट्रेलियालाई हराउन ओपनर जस बटलरले ७१ रनको उत्कृष्ट अविजित इनिङ खेलेका थिए । बटलर राम्रो लयमा छन् ।

उनको लय रोक्न श्रीलंकाका खेलाडीलाई कठिन पर्नसक्छ । जेसन रोय पनि राम्रो लयमा छन् । दुवै ओपनर राम्रो लयमा छन् । जोनी बेयरस्टो, ओईन मोर्गन, डेविड मलान र लियाम लिभिङस्टोन जस्ता ब्याटर टोलीमा हुँदा इंग्ल्यान्ड निकै मजबुत बनेको छ । क्रिस वोक्स, क्रिस जोर्डन र टाइमल मिल्सको तीव्र गतिको बलिङ जोडीले राम्रो प्रदर्शन गर्दै आएका छन् । मिल्सको स्थानमा आज इंग्ल्यान्डले मार्क वुडलाई मौका दिनसक्छ ।

श्रीलंकाका तीन खेलाडी ओपनर पाथुम निसंका, स्पिनर वानिन्दु हसरंगा र दुश्मन्था चामिरा इंग्ल्यान्डलाई घातक बन्न सक्ने खेलाडी हुन् । दक्षिण अफ्रिकाविरुद्ध वानिन्दुले ह्याट्रिक लिएपनि श्रीलंका पराजित भएको थियो । तीव्र गतिका बलर दुश्मन्थाले नयाँ बलका साथ निरन्तर उत्कृष्ट बलिङ गर्दै आएका छन् । ओपनर पाथुम राम्रो लयमा छन् । दक्षिण अफ्रिकाविरुद्ध उनले ७२ रनको इनिङ खेलेका थिए । मध्यक्रमका ब्याटर भानुका राजपक्षे र चरिथ असालंका पनि टोलीको नायक बन्नसक्छन् । अनुभवी ब्याटर कुशल परेरालाई जिम्मेवारी इनिङ खेल्न आवश्यक देखिन्छ ।

हेड टु हेड :

टि२० विश्वकपमा इंग्ल्यान्ड र श्रीलंकाबीच कुल ४ खेल भएको छ । जसमा इंग्ल्यान्ड ३ र श्रीलंका १ खेलमा विजयी भएका छन् । इंग्ल्यान्ड २०१६ मा १० रन, २०१४ मा ६ विकेट र २०१० मा ७ विकेटले विजयी भएको थियो । २०१२ मा भने श्रीलंका १९ रनले विजयी भएको थियो ।


टि२० आईमा यी दुई टोलीबीच १२ खेल भएका छन् । इंग्ल्यान्ड ८ खेलमा विजयी हुँद ४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि२० आई खेलमा इंग्ल्यान्डले श्रीलंकालाई सहजै पराजित गरेको छ । २०१६ पछि टि२० आईमा इंग्ल्यान्डले श्रीलंकासँग हारेको छैन ।

इंग्ल्यान्डको टोली : ओईन मोर्गन (कप्तान), मोईन अली, जोनी बेयरस्टो, साम बिलिंग्स, जस बटलर, टम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, टाइमल मिल्स, आदिल राशिद, जेसन रोय, डेविड विल्ली, क्रिस वोक्स र मार्कवुड । 

श्रीलंका टोली :

दासुन शनका (कप्तान), धनन्जय डि सिल्भा, कुसल पेरेरा, दीनेश चान्डिमल, अविष्का फनान्डो, भानुका राजपक्षे, चरिथ असालका, वानिन्दु हसरंगा, बिनुरा फर्नान्डो, चामिका करुणारत्ने, लाहिरु कुमारा, दुश्मन्था चामिरा, पाथुम निसंका, अकिला धनन्जय र महेश थेक्शेना ।

अंक तालिका

सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ३ खेलमा ३ मानै जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.