4 years ago
November 1, 2021
एजेन्सी – ओपनर जस बटलरको उत्कृष्ट शतकमा इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा सुपर १२ को खेलमा श्रीलंकालाई १ सय ६४ रनको बलियो विजयी लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । इंग्ल्यान्डका ओपनर जस बटलर ६७ बलमा ६ चौका र ६ छक्का सहित १ सय १ रनको अविजित शतकीय इनिङ खेले । उनको यो टि२० आई करिअरको पहिलो शतक हो । इंग्ल्यान्डबाट यसअघि एलेक्स हेल्स, डेविड मलान र लियाम लिभिङस्टोनले टि२० आईमा शतक प्रहार गरेका थिए । बटलरले २० औं ओभरको अन्तिम बलमा तीव्र गतिका बलर दुश्मन्था चामिरालाई छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।
बटलरले आफ्नो उच्च लयलाई निरन्तरता दिएका छन् । यसअघिको खेलमा अष्ट्रेलियाविरुद्ध बटलरले ७१ रनको अविजित इनिङ खेलेका थिए । ओईन मोर्गन ३६ बलमा १ बलमा चौका र ३ छक्का सहित ४० रनमा आउट भए ।
खराब सुरुवात गर्नेक्रममा एक समय इंग्ल्यान्ड ५.२ ओभरमा ३५–३ को कमजोर अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि ओईन मोर्गन र जस बटलरले ७८ बलमा १ सय १२ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ बलियो योगफलमा पुर्याएका हुन् । दोस्रो ओभरको दोस्रो बलमै स्पिनर वानिन्दु हसरंगाले ओपनर जेसन रोयलाई ९ रनमा बोल्ड आउट गरेका थिए ।
तीव्र गतिका बलर दुश्मन्था चामिराले छैटौं ओभरको अन्तिम बलमा डेविड मलानलाई ६ रनमा बोल्ड आउट गरे । हसंरगाले जोनी बेयरस्टोलाई शून्यमा एलबीडब्लू आउट गर्दा इंग्ल्यान्डले खराब सुरुवात गरेको थियो । श्रीलंका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]