default_image

4 years ago

November 2, 2021

जित्नै पर्ने दबाबमा दक्षिण अफ्रिका

131 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ सुपर १२ समूह १ मा आज पहिलो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । बंगलादेश लगातार तीन हार सहित सेमिफाइन दौडबाट बाहिरि सकेको छ । उसको लागि प्रतिष्ठाको लडाईंमात्र हुनेछ ।

दक्षिण अफ्रिकालाई भने शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न जित्नै पर्ने हुन्छ । आजको खेलमा दक्षिण अफ्रिका पराजित भएमा सोमिफाइनल सम्भावना अंक गणीतिय मात्र बाँकी रहनेछ । दक्षिण अफ्रिका आजको खेलमा पराजित भएमा वेस्टइन्डिज र अष्ट्रेलियालाई फाइदा पुग्ने समिकरण छ । समूह १ को मा दक्षिण अफ्रिाका ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । टि२० इतिहासमा हालसम्म दक्षिण अफ्रिकाले बंगलादेशसँग हारेको छैन ।

दक्षिण अफ्रिकाले पछिल्लो खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो । जसमा डेविड मिलर अन्तिम समयमा नायक बनेका थिए । दक्षिण अफ्रिकाले पहिलो खेलमा अष्ट्र«ेलियासँग ५ विकेटले हारेको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई ८ विकेटले हराएको थियो । दक्षिण अफ्रिका ओपनर क्विन्टन डी ककले यस विश्वकपमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन ।

प्रमुख ब्याटर समेत रहेका डि ककलाई उच्च प्रदर्शन गर्न आवश्यक देखिन्छ । एडेन माक्ररम र रास्सी भान डर डुसेन राम्रो लयमा छन् । यी दुई खेलाडीको लय रोक्न बंगलादेशका बलरलाई कठिन पर्नसक्छ । मिलर दक्षिण अफ्रिका फिनिसर हुन् । दक्षिण अफ्रिका उनीबाट श्रीलंकाविरुद्ध जस्तो प्रदर्शन चाहन्छ ।

दक्षिण अफ्रिका बलिङ आक्रामण मजबुत छ । कागिसो रबाडा, एनरिच नोर्किया र ड्वेन प्रिटियोरियसले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यी तीन बलरले उत्कृष्ट प्रदर्शनका साथ टोलीको जित सहज बनाउन चाहन्छन् । तबरेज शाम्सीले आफ्नो स्पिनको जालोमा बंगलादेशका ब्याटरलाई फसाउन सक्छन् । टि२० आई क्रिकेटमा शाम्सीले लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

बंगलादेश भने समस्यामा छ । प्रमुख खेलाडी सकिब अल हसन चोटका कारण विश्वकपबाट बाहिरि सकेका छन् । टि२० आई क्रिकेटका सर्वाधिक सफल बलर सकिब नहुँदा बंगलादेश कमजोर बनेको छ । उनको अनुपस्थीतिले बंगलादेशको स्पिन र ब्याटिङ दुबै युनिट कमजोर हुन सक्छ । बंगलादेश सुपर १२ मा श्रीलंकासँग ५ विकेट, इंग्ल्यान्डसँग ८ विकेट र वेस्टइन्डिजसँग ३ रनले पराजित हुन पुगेको थियो । बंगलादेशका कप्तान महमुदूल्लाह रियाद राम्रो लयमा छन् ।

फाईल फोटो

उनको प्रदर्शन निकै महत्वपूर्ण हुने देखिन्छ । सकिबको स्थानमा नासुम अहमदले मौका पाउने सम्भावना छ । ओपनर मोहम्मद नईम, मुश्फिकुर रहिम र लिटन दासको ब्याटिङ प्रदर्शनले धेरै प्रभाव पार्नेछ । तीव्र गतिका बलर मुश्तिाफिजुर रहमान बंगलादेशका प्रमुख हतियार हुन् । उनको प्रदर्शन पनि राम्रो छ । रहमानले आफ्नो अफकटर बलमा विपक्षी ब्याटरलाई निराश बनाउँदै आएका छन् । स्पिनर माहेदी हसन पनि राम्रो लयमा छन् । शीर्षक्रमका ब्याटरलाई पावर प्लेमा राम्रो सदुपयोग उठान आवश्यक देखिन्छ ।

हेड टु हेड :

टि२० विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशबीच एक मात्र खेल भएको छ । सन् २००७ मा भएको टि२० विश्वकपमा दक्षिण अफ्रिाकाले श्रीलंकालाई ७ विकेटले हराएको थियो । हालसम्म दक्षिण अफ्रिाकाले टि२० आईमा बंगलादेशसँग हारेको छैन । ६ टि२० आई खेलमा ६ मानै विजयी भएको छ ।

समूह १ बाट इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा स्थान पक्का गरि सकेको छ । समूह २ बाट पाकिस्तानले पनि ३ खेलमा ३ मानै जितका साथ सेमिफाइनलमा अनौपचारिक रुपमा स्थान बनाएको छ । आजको दोस्रो खेलमा पाकिस्तान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाको ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।

सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.