4 years ago
November 2, 2021
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ मा पाकिस्तानले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

सुपर १२ को समूह २ मा रहेको पाकिस्तान लगातार तेस्रो जितका साथ यसअघिनै सेमिफाइनल पक्का गरि सकेको छ । पाकिस्तान लगातार चौथो जितका साथ औपचारिक रुपमा सेमिफाइनलमा पुग्ने सोचमा छ । आजको खेलमा विजयी हुँदा पाकिस्तान समूह २ को विजेताको रुपमा सेमिफाइनल खेल्ने पक्का जस्तै हुनेछ । आजको खेलमा पराजित भएमा नामिबिया अघिल्लो चरण समाप्त हुनेछ ।
पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो । दोस्रो खेलमा न्युजिल्यान्ड र तेस्रो खेलमा अफगानिस्तानलाई समान ५–५ विकेटले हराएपछि सेमिफाइनल निश्चित बनेको थियो । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । नामिबियाले पहिलो खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा अफगानिस्तानसँग ६२ रनले पराजित भएको थियो ।

पाकिस्तानले आजको खेलमा प्रमुख केहि खेलाडीलाई विश्राम दिँदै अन्यलाई मौका दिनसक्छ । विकेटकिपर मोहम्मद रिजवानलाई विश्राम दिँदै शरफराज अहमदलाई मैदान उतार्न सक्छ । यस विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेका मोहम्मद हफिजको स्थानमा युबा ब्याटर हैदर अली विकल्पको रुपमा छन् ।
तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको स्थानमा मोहम्मद वासिम जुनियरलाई मौका दिनसक्छ । बाबर टोलीका प्रमुख हतियार हुन् । बाबरले विश्वकपमा तीन मध्य दुई खेलमा अर्धशतक प्रहार गरेका छन् । पाकिस्तान कमजोर नामिबियामाथि विशाल रन बनाउन र जित निकाल्न चाहन्छ ।
अफगानिस्तानलाई हराउन फिनिसर आसिफ अलीले १९ औं ओभरमा करिम जन्नतलाई ४ छक्का प्रहार गर्दै जित दिलाएका थिए । न्युजिल्यान्डविरुद्ध पनि आसिफले राम्रो प्रदर्शन गरेका थिए । अनुभवी ब्याटर शोएब मलिक पनि राम्रो लयमा छन् । हरिस रौफको गतीमा नामिबिया सस्तैमा समेटिन सक्छ ।

नामिबिया डेविड विसे प्रमुख हतियार हुन् । पूर्व दक्षिण अफ्रिकी विसे उत्कृष्ट प्रदर्शन गर्नसक्छन् । ब्याटिङमा विसेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ओपनर क्रेग विलियम्स र कप्तान गेरहार्ड इरास्मस प्रमुख ब्याटर हुन् । जेजे स्मित फिनिसरको रुपमा छन् । स्मित तल्लोक्रममा आक्रामक सटको क्षमता राख्छन् । तीव्र गतिका बलर रुबेल ट्रम्पलम्यान पाकिस्तानी ब्याटरलाई दबाबमा राख्न सक्छन् ।
नामिबियाले पहिलो पटक टि२० विश्वकप खेलि रहेको छ । टि२० विश्वकपमा उसले पहिलो पटक पाकिस्तानसँग खेल्दैछ । नामिबिया सोच खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने सोचमा हुनेछ । पाकिस्तानसँग खेल्न पाउनुनै नामिबियाको लागि एक ठूलो उपलब्धी हो । नामिबिया सकभर कम अन्तरको हार बेहोर्न हर प्रयास गर्नेछ ।
अंक तालिका
सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाको ३ खेलमा २ मा जित र १ मा हार सहित समान ४ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ३ खेलमा १ मा जित र २ मा हार सहित पाँचौ स्थानमा छ । बंगलादेश ३ खेलमा तीनै खेलमा पराजित हुँदै पुछारमा छ ।
सुपर १२ को समूह २ मा पाकिस्तान ३ खेलमा ३ मानै जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अंक विहीन हुँदै पाँचौं र छैटौं स्थानमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]