default_image

4 years ago

November 2, 2021

रबाडा र नोर्कियाको घातक बलिङमा बंगलादेश ८४ रनमै अल आउट

145 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्कियाको घातक बलिङमा आइसिसी टि२० विश्वकप २०२१ मा बंगलादेशले दक्षिण अफ्रिकालाई ८५ रनको सामान्य लक्ष्य दिएको छ ।

शेख जायद स्टेडिम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश १८.२ ओभरमा ८४ रनमा अल आउट भयो । बंगलादेशका माहेदी हसनले २५ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक सर्वाधिक २७ रनको योगदान दिए । ओपनर लिटन दासले ३६ बलमा १ चौका सहित सर्वाधिक २४ रन जोडे । बंगलादेशका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाँच खेलाडीले खाता नखोली आउट भएका थिए ।

तीव्र गतिका बलर कागिसो रबाडाले चौथो ओभरको पाँचौं बलमा ओपनर मोहम्मद नईम शेखलाई ९ रनमा रिजा हेनड्रिक्सबाट क्याच गराएका थिए । अर्को बलमा सौम्य सरकारलाई शून्यमा एलबीडब्लू आउट गर्दै गोल्डेन डक पेभेलिएन फर्काए । रबाडालेनै मुश्फिकुर रहिमलाई छैटौं ओभरको तेस्रो बलमा शून्यमा क्याच गराएपछि बंगलादेशले खराब सुरुवात गरेको थियो ।

एनरिच नोर्कियाले महमुदूल्ला रियादलाई ३ रनमा एडेन माक्ररमबाट क्याच गराए । स्पिनर तरबेज शाम्सीले दासलाई एलबीडब्लू आउट गराएका थिए । अफिफ हुसैन गोल्डेन डक र शमिम हसैन ११ रनमा आउट भए ।


दक्षिण अफ्रिका कागिसो रबाडाले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । अर्का तीव्र गतिका बलर एनरिच नोर्कियाले ३.२ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । स्पिनर तबरेज शाम्सीले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । ड्वेन प्रिटोरियसको नाममा १ विकेट रह्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.