default_image

4 years ago

November 2, 2021

नामिबियालाई पाकिस्तानको बलियो लक्ष्य

159 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ को खेलमा नामिबियालाई १ सय ९० रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडिम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८९ रन बनायो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान ५० बलमा ८ चौका र ४ छक्का सहित सर्वाधिक ७९ रनमा अविजित रहे । रिजवानले अन्तिम ओभरमा जेजे स्मितलाई ४ चौका र १ छक्का सहित कुल २४ रन जोडेका थिए । कप्तान बाबर आजम ४९ बलमा ७ चौका सहित ७० रनको योगदान दिए । मोहम्मद हफिज १६ बलमा ५ चौका सहित ३२ रनमा अविजित रहे ।

पाकिस्तानलाई ओपनर बाबर आजम र रिजवानले १४.२ ओभरमा १ सय १३ रनको साझेदारी गर्दै सुरुवात दिलाएका थिए । डेविड विसे ले बाबरलाई क्याच गराउँदै साझेदारी तोडेका थिए । फखार जमान ५ रनमा आउट भए ।

नामिबियाले उत्कृष्ट बलिङका साथ पहिलो पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा मात्र २९ रन दिएको थियो । सुरुवाती १० ओभरमा पाकिस्तानले कुनै विकेट नगुमाउँदै ५९ रन जोडेको थियो । पाकिस्तानले अन्तिम १० ओभरमा १ सय ३० रन जोड्दै विशाल योगफल बनाएको हो । नामिबियाका डेविड विसे र जान फ्रिलिंकले १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.