4 years ago
November 3, 2021
एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम र ओपनर मोहम्मद रिजवानले टि२० आई विश्व क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन् । आइसिसी टि२० विश्वकप २०२१ मा मंगलबार राती नामिबियाविरुद्ध शतकीय साझेदारीमा साथ नयाँ कीर्तिमान बनाएका छन् । टि२० आईमा बाबर र रिजवान सर्वाधिक शतकीय साझेदारी गर्ने जोडी बनेका छन् ।

नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तानले सुपर १२ को २ बाट सेमिफाइनलमा स्थान बनाई सकेको छ । ओपनर बाबर र रिजवानले पहिलो विकेटका लागि १४.२ ओभरमा १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । बाबर र रिजवानले टि२० आईमा ५ पटक शतकीय साझेदारी गरेका हुन् । जुन एक जोडीले टि२० आईमा गरेको सर्वाधिक शतकीय साझेदारी बनेको छ ।
यसअघि न्युजिल्यान्डका कप्तान केन विलियम्सन र मार्टिन गुप्टिल तथा भारतका शिखर धवन र रोहित शर्माले टि२० आईमा चार चार पटक शतकीय साझेदारी गरेका थिए । बाबर र रिजवानले गत अप्रिलमा दक्षिण अफ्रिकाविरुद्ध पहिलो विकेटका लागि १ सय ९७ रनको शतकीय साझेदारी गरेका थिए । त्यो टि२० आईमा पाकिस्तानको सर्वाधिक ठूलो साझेदारीमा पर्दछ ।
टि२० विश्वकपमा भारतलाई १० विकेटले हराउन यी दुई जोडीले १ सय ५२ रनको अविजित साभेदारी गरेका थिए । जुलाईमा इंग्ल्यान्डविरुद्ध १ सय ५० रनको शतकीय साझेदारी गरेका थिए । अप्रिलमा जिम्बावेविरुद्ध दोस्रो विकेटका लागि बाबर र १ सय २६ रनको शतकीय साझेदारी गरेका थिए । पाँच शतकीय साझेदारी यसै बर्ष बनेका छन् ।
उत्कृष्ट लयमा रहेका यी दुई जोडीको प्रदर्शन विश्वकपमा पनि उच्च छ । रिजवानले ७९ र बाबर ७० रन बनाएपछि नामिबियाविरुद्ध पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो । भारतलाई विश्वकप इतिहासमा पहिलो पटक हराउन बाबरले ६८ र रिजवानले ७९ रनको अविजित इनिङ खेलेका थिए । पाकिस्तानले समूह चरणको अन्तिम खेलमा आइतबार स्कटल्यान्डसँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]