default_image

4 years ago

November 6, 2021

वेस्टइन्डिजमाथि अष्ट्रेलियाको सानदार जित

345 views

0 Bookmark

एजेन्सी – ओपनर डेविड वार्नर र शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ मा वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको छ । सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले वेस्टइन्डिजमाथि सानदार जितका साथ सेमिफाइनल नजिक पुगेको छ ।

सेमिफाइनलको लागि अष्ट्रेलियाले आज हुने दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको नतिजा पर्खनु पर्छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १६.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलिया उत्कृष्ट जितमा ओपनर डेविड वार्नर ५६ बलमा ९ चौका र ४ छक्का सहित ८९ रनमा अविजित रहे । मिचेल मार्श ३२ बलमा ५ चौका र २ छक्का सहित ५३ रनमा क्याच आउट भए ।

दोस्रो विकेटका लागि मार्श र वार्नरले ७५ बलमा १ सय २४ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ जित सहज बनाएका थिए । अर्का ओपनर तथा कप्तान आरोन फिन्च ९ रनमा आउट भएका थिए । वेस्टइन्डिजका अकिल हुसैन र क्रिस गेलले १–१ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले ३१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए । शिम्रन हेटमायर २८ बलमा २ चौका सहित २७ रन बनाए । आन्द्रे रसेल ७ बलमा १ चौका र २ छक्का सहित १८ रनमा अविजित रहे । ओपनर र्इविन लेविस २६ बलमा ५ चौका सहित २९ रन बनाउँदै आउट भएका थिए ।

क्रिस गेल १५, निकोलस पुरन ४, रोश्टन चेश शून्य र ड्वेन ब्राभो १० रनमा आउट भए । अष्ट्रेलिया जोश हेजलवुडले ४ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मिचेल स्टार्क, प्याट कमिन्स र एडम जाम्पाले १–१ विकेट लिए ।

अष्ट्रेलियालाई सेमिफाइनलमा पुग्न आजको दोस्रो खेलको नतिजा पर्खनुपर्छ । दोस्रो खेलमा दक्षिण अफ्रिका र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा इंग्ल्यान्ड विजयी भएमा अष्ट्रेलिया सोझैं सेमिफाइनलमा पुग्नेछ । दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पुग्न विशाल जितको आवश्यक पर्छ । सामान्य जित निकालेको खण्डमा भने अष्ट्रेलियानै सेमिफाइनल खेल्नेछ । अष्ट्रेलियाको नेटरनरेट प्लस १.२१६ र दक्षिण अफ्रिकाको ०.७४२ छ ।

अंक तालिका

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ४ खेलमा ४ मानै जितका साथ ८ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाको ४ खेलमा ३ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । श्रीलंका ५ खेलमा २ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ । वेस्टइन्डिज ५ खेलमा १ मा जित र ४ मा हार सहित पाँचौ स्थानमा छ। बंगलादेश ५ खेलमा ५ मानै हारका साथ बाहिरियो ।

सुपर १२ को समूह २ मा पाकिस्तान ४ खेलमा ४ मानै जितका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हार सहित आधारमा दोस्रो स्थानमा छ । भारत ४ खेलमा २ मा जित र २ मा हारका साथ तेस्रो स्थानमा छ । अफगानिस्तान ४ खेलमा २ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । नामिबिया ४ खेलमा १ मा जित र ३ मा हार सहित पाँचौं स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ४ खेलमानै पराजित भएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.